जनता बैकको शाखा दोर्दीमा, शाखा उद्घाटन सगै स्वास्थ्य शिविर पनि आयोजना

पोखरा, ३० बैशाख ।

जनता बैंक नेपाल लिमिटेडको दोर्दी शाखाको प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले  शुक्रवार उद्घाटन गरेका छन् । बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने नीति अनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुशि ब्यक्त गर्दै जनसमुदायलाई बैंकको सहयोगमा उद्यमशिल बन्न आग्रह गरे ।

प्रदेशसभा सांसद मायानाथ अधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, बैंक संचालक रामबहादुर भण्डारी र बिनित अग्रवाल, संचालक समितिका पूर्व अध्यक्ष उदय नेपाली श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रमलाई सम्बोधन गर्दै संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले त्यस भेगका जनतालाई बैंकको सहयोग लिई जिवन स्तर माथि उठाउन आग्रह गरे । साथै बैंकले विभिन्न सामाजिक कार्यहरु पनि गरिरहेको स्मरण गराउदै यस क्षेत्रमा आगामी बर्षमा पनि नयाँ कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्रीले कार्यक्रममा स्वागत गर्दै देशको ग्रामिण तहसम्मका जनताहरुको पहुँचमा बैंकिङ सेवा पु¥याउने लक्ष्य अनुसार यो शाखा खोलिएकाले यहाँबाट आधुनिक बैंकिङ सुविधा लिई जिवनस्तरलाई सहज बनाउन सवैलाई आग्रह गरे । साथै यस शाखाको सहयोगबाट यस क्षेत्रका जनताको उद्यमशिलता बढ्न गई आयस्तर बढ्ने बैकले विश्वास गरेको छ ।

शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । जनता बैंकको आयोजना तथा अल्का अस्पताल जावलाखेलको प्रविधिक सहयोगमा एक दिने स्त्री तथा प्रसुती रोग, नाक÷काँन÷घाँटी र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा ३२४ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।महिलाको आङ खस्ने सम्बन्धि रोगको अप्रेशन गर्नुपर्ने विरामीको निःशुल्क अपरेशनको व्यवस्था पनि मिलाइएको छ ।

त्यसैगरी जनता बैंककै आयोजना र नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा सोही स्थानमा बैशाख २८, २९ र ३० गते गरी ३ दिने बृहत आँखा शिविर संचालन गरिएको छ । परिक्षण स्थलमै मोतिबिन्दुको निःशुल्क अपरेशनको समेत व्यवस्था गरिएको उक्त शिविरमा २८ र २९ गते गरी कुल ८६५ जनाको आँखा जाँच गराएकोमा १६ जना विरामीको निःशुल्क अपरेशन गरिएको छ । ३० गते सम्म संचालन हुने उक्त शिविरमा करिव १००० जनाको आँखा परिक्षण गरिने र ५० जना भन्दा बढीको मोतिबिन्दुको अपरेशन गरिने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.