लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालको गभर्नरमा भट्ट निर्वाचित

हेटौंडा । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको डिष्ट्रिक्ट गभर्नरमा राम प्रसाद भट्ट निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न नवौं कन्भेन्सनबाट उनी गभर्नर निर्वाचित भएका हुन् । भट्टको कार्यकाल आगामी जुलाई १ देखि सुरु हुनेछ ।

त्यसैगरी कन्भेन्सनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा सि.बि. चन्द र द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा नवराज न्यौपाने निर्वाचित भएका छन् ।

त्यसैगरी गभर्नरमा निर्वाचित भएसँगै भट्टले क्याबिनेट पदाधिकारी नियुक्त गरेका छन् । उनले क्याबिनेट सेक्रेटरीमा प्रभाकर पण्डित, क्याबिनेट ट्रेरेजरमा नारायण प्रसाद शर्मा, चिफ एडभाइजरमा उमंग देबकोटालाई मनोनित गरेका हुन् ।

गभर्नरमा निर्वाचित भएसँगै भट्टले सम्पूर्ण लायन्सहरुप्रति आभार व्यक्त गरेका छन् । डिष्ट्रिक्टका सम्पूर्ण लिडरहरुलाई समेटेर सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने उनको प्रतिबद्धता छ ।

You might also like

Comments are closed.