काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो ३०औँ स्थापना दिवस (इक्यान डे) को अवसरमा आयोजना गर्ने भनिएको औपचारिक उत्सव स्थगित गर्दै बाढीपहिरो प्रभावित शिक्षा क्षेत्रको पुनःस्थापनाका लागि १५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।
हालै रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित विद्यार्थी, विद्यालय तथा क्षतिग्रस्त शैक्षिक संरचनाको पुनःस्थापना एवं राहतका लागि इक्यानले १५ लाख २० हजार ५५५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।
इकानका अध्यक्ष एन्ड्रयु पौडेल र निवर्तमान अध्यक्ष शेषराज भट्टराईले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का नाममा जारी गरिएको उक्त रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणका क्रममा इक्यान नेतृत्वले प्रभावित क्षेत्रका विद्यार्थीको पठनपाठन निरन्तरता र शैक्षिक पूर्वाधार पुनःनिर्माणका लागि आवश्यक कदम चाल्न आग्रह गर्दै अनुरोधपत्रसमेत बुझाएको छ ।

स्थापनाको ३० वर्ष पूरा गरेको ऐतिहासिक मोडमा संस्थाले उत्सव मनाउनुभन्दा विपद्को घडीमा राष्ट्रप्रतिको जिम्मेवारी, मानवता र सामाजिक उत्तरदायित्व बहन गर्नु प्राथमिक कर्तव्य रहेको जनाएको छ ।






Comments are closed.