महिला पर्यटन ब्यवसायि मञ्च (वोटेफ) ले मनायो प्रथम बार्षिकउत्सव

पोखरा, २९ साउन ।

‘आर्थिक विकासका लागि पर्यटन ब्यवसायमा महिला’ भन्ने उद्घोष साथ स्थापना भएको महिला पर्यटन ब्यवसायि मञ्च (वोटेफ)ले आफ्नो स्थापनाको प्रथम बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्रमा आवद्ध महिलाहरुको क्षमता एवं दक्षता अभिवृद्धिका साथै ब्यवसायि पहिचान स्थापित गर्ने उद्देश्यले एक वर्ष अघि गठित सो संस्थाले मंगबार सदस्यहरुलाई तनाव ब्यवस्थापन तालिमको आयोजना गरी बार्षिकउत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख आमन्त्रित ब्यत्तित्व एवं राजयोगिनी ब्रम्हाकुमारी अप्सराले पर्यटन ब्यवसायी महिलालाई तनाव ब्यवस्थापनका बारेमा प्रशिक्षण दिएकी दिइन् । कामकाजी महिलाहरु पछिल्लो समय दोहोरो र तेहेरो जिम्मेवारीको बोझले तनाबको जिन्दगीमा बाँचिरहेको भन्दै उनले स्वस्थ शरीर र स्वस्थ मानसिकतकालागि तनाब रहित जीवन जिउन आवश्यक रहेको बताइन् । तनावयुक्त मानिसले कुनै पनि पेशा ब्यवसाय एवं कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले तनाव ब्यवस्थापनका विभिन्न चरणरुहरुको बारेमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसियशन अफ टानका नवनिर्वाचित अध्यक्ष हरी भुजेल छोटो समयमै महिला पर्यटन ब्यवसायि मञ्चले निकै राम्रा काम गर्न सफल भएको भन्दै आगामि दिनमा ब्यवासायिक प्रवद्र्धनका साथै सिप विकासका कार्यक्रममा जोड दिन आग्रह गरे ।

पोखरा उद्योग बाणिज्य संघ महिला उपसमिति संयोजक सिता बरालले आर्थिक सशक्तिकरणकालागि महिलाहरु ब्यवसायि पहिचानका साथ अघि बढ्नु पर्ने बताइन् । कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारी, पम्फा पहारी, गोमा ढकाल, संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मा, नेपाल पर्यटन ब्यवसायि संगठन गण्डकी प्रदेशका कोषाध्यक्ष दुर्गा ढकाल, लगायतले सहअस्तित्व र ब्यवसायिक पहिचानकालागि अब महिलाहरु एकजुट भएर अधिकार प्राप्तिकालागि अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष हरी भुजेल, सामुदायिक सेवा केन्द्र बैदामका नवनिर्वाचित अध्यक्ष मिना भट्टराई, एगाका अध्यक्ष शंकर भट्टराई लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थामा आवद्ध १४० जना सदस्यहरुको उपस्थिति रहेको थियो । महिला पर्यटन ब्यवसायि मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत उपाध्यक्ष पार्वती पाण्डे र संचालन सचिव उमा भण्डारीले गरेका थिए ।

You might also like

Comments are closed.