ओम बैंककोे १८औं वार्षिकोत्सवमा त्रिदिवसीय कार्यक्रम

पोखरा, २९ भदौ ।

ओम डेभलपमेण्ट बैंक लिमिटेड मुख्य कार्यालयको १८औं बार्षिकोत्सबवको अवसरमा त्रिदिवसिय कार्यक्रम हुने भएको छ । जस अन्र्तगत भदौ ३० गते पोखरा महानगरपालिका वडा नम्बर २६ खास्टे ताल वरपर बृक्षरोपण एवम त्यहाँ अवस्थित मन्दिरमा आवश्यक सामाग्री प्रदान गरिने शाखा प्रबन्धक सुदिप पौडेलले जानकारी दिए । फलफुल तथा अन्य विरुवाहरु गरि २ सय विरुवा रोपिने पौडेलले बताए ।

त्रिदिवसिय कार्यक्रम अन्र्तगत भदौ ३१ गते ट्राफिक सचेतना र अन्तिम दिन असोज १ गते निशुल्क स्वास्थ्य जाँच एवम औषधी वितरण गरिने छ । स्वास्थ्य शिविरका लागि एडभान्स पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको छ । ट्राफिक सचेतना कार्यक्रम चिप्लेढुङ्गा, महेन्द्रपुल र न्युरोड क्षेत्रमा गरिने भएको छ । सचेतना कार्यक्रममा पैदल यात्रीलाई जेब्राक्रसको प्रयोग, फुटपाथको प्रयोग बारे जानकारी दिइने छ । यसका अलावा चालकलाई ट्राफिक अनुशासन र सडक अनुशासनका बारेमा सचेत गराइने छ ।

यस अघि पनि बैंकले सामाजिक उत्तरदायित्वका लागि रक्तदान, सार्वजनिक क्षेत्रमा सरसफाई, छात्रवृत्ति प्रदान, बृक्षारोपण लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ । असोज १ गते ओम डेभलपमेण्ट बैंकको मुख्य शाखाले सेवाको १८ वर्ष पुरा गर्दैछ ।

You might also like

Comments are closed.