कलम सहकारीको साधारण सभा सम्पन्न

पोखरा ३० भदौ ।

पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा वोल्दै प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका पूर्व केन्द्रिय अध्यक्ष धनराज आचार्यले पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको सक्रियतामा खोलिएको यस कलम सहकारी मार्फत कारोवार गरेर व्यवसायी साथीहरुलाई अझ वढी आफ्नो ब्यवसाय वढाउन आग्रह गरे ।

कार्यक्रममा विशेष अतिथि स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कलम सहकारी सग आफ्नो भावनात्मक सम्वन्ध रहेको वताए । राष्टिय सहकारी वैकका वरीष्ठ सहायक नव प्रसाद ढकाल तथा जिल्ला सहकारी संघका सन्चालक दिपक वास्तोलाले सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कलम सहकारीले अघिल्लो वर्ष वाट सन्चालन गरेको समाजमा उल्लेख योगदान गर्ने सहकारीका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत यो वर्ष सहकारीका सस्थापक अध्यक्ष प्रेम वहादुर श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा सम्मानित श्रेष्ठले सहकारीले आज आफुलाई सम्मान गरेकोमा खुशीको आशु आएको वताए । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका निर्र्वतमान अध्यक्ष जगदीश गौतमले कलम सहकारीका अध्यक्ष ऋषिराम भण्डारी असोज ५ गते हुन गइरहेको पोखरा उद्योग वाणिज्य संघको चुनावमा सदस्य पदमा उठेकोले सम्पूर्ण व्यवसायी साथीहरुले सहयोग गर्न आग्रह गरे । कार्यक्रममा श्रीपती सहकारीका राम्जी प्रसाद कोइरला कलम सहकारीका शिक्षा उप समितिका सदस्य राम प्रसाद अधिकारी शेयर सदस्य शिव त्रिपाठी शेयर सदस्य शंकर ज्ञवाली लगाएतले वोलेका थिए ।

सहकारीका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका कोषाध्यक्ष पिताम्वर पोखरेलले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीका ब्यवस्थापक सन्तोष लामिछानेलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरीएको थियो । त्यसै गरी उत्कृष्ट कारोवार गरे वापत शेयर सदस्यहरु रविन्द्र नापित, राजेन्द्र घिमिरे, अर्जुन कुमार श्रेष्ठलाई सम्मान गरीएको थियो । साथै शेयर सदस्यका एसइर्ई तथा प्लस टुमा उत्कृष्ट अक ल्याएर उर्तिण हुने छोरा छोरीलाई समेत सम्मान गरीएको थियो । कार्यक्रममा अध्यक्ष ऋषिराम शर्माले अध्यक्षको प्रतिवेदन लेखा सयोजक गोविन्द गौतमले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष पिताम्वर पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीका अध्यक्ष ऋषिराम शर्मा भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सचिव मनोहरी सापकोटाले सन्चालन गरेका थिए ।

You might also like

Comments are closed.