ग्रामीण पर्यटन प्रवद्र्धनमा सक्रिय छौं : भिटोफ अध्यक्ष पौडेल

रवीन्द्र राज पौडेल
अध्यक्ष
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), कास्की

शहरदेखि दुरदराजमा रहेका पर्यटकीय सम्भावनाहरुको खोजी गर्दै गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय रहेको संस्था हो गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) । भिटोफको कास्की शाखा प्रदेश नं. ४ क्षेत्रको ग्रामीण पर्यटन प्रवद्र्धनमा सक्रिय हुँदै आइरहेको छ । यसैक्रममा भिटोफ प्रदेश ४ का अध्यक्ष रवीन्द्रराज पौडेलसँग गाउँ पर्यटनका सन्दर्भमा गरिएको कुराकानीको सारः

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) कस्तो संस्था हो ?
नेपालका हरेक क्षेत्रले पर्यटकीय सम्भावनाहरु बोकेका छन् । हाम्रो पर्यटन शहर केन्द्रित छन् । तर शहरमा भन्दा ग्रामीण क्षेत्रमा बढी पर्यटकीय सम्भावनाहरु छन् । नेपालको दीगो पर्यटन विकासका लागि ग्रामीण पर्यटनको प्रवद्र्धन आवश्यक छ । ग्रामीण पर्यटन प्रवद्र्धन गरी स्थानीय कला, संस्कृति, जीवनशैलीको संरक्षण गरी जिविकोपार्जनमा सहयोग पु¥याउने पवित्र लक्ष्यसहित यस संस्थाको स्थापना भएको हो । २०५४ सालमा स्थापना भएको यस संस्थाको कास्की शाखा २०७१ मा स्थापना भएको हो । हामी प्रदेश ४ का ग्रामीण पर्यटन प्रवद्र्धनमा सक्रिय छौं । विशेष गरी होम स्टे प्रवद्र्धन हाम्रो प्राथमिकतामा परेको छ ।

होम स्टे व्यवसायले पर्यटनमा कस्तो भुमिका खेलेको छ ?
पोखरा उपत्यकाको मात्र नभई यस आसपासका ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा ध्यान दिनु जरुरी छ । पर्यटकको बसाईं लम्ब्याउन ग्रामीण क्षेत्रले सहयोग पु¥याउँछन् । ग्रामीण पर्यटनको अवस्था सुधारोन्मुख छ । ग्रामीण क्षेत्रमा भौतिक पुर्वाधारका साथै पर्यटनमैत्री वातावरण विकास गर्नु आवश्यक छ । होम स्टेको अवधारणाले ग्रामीण पर्यटन क्षेत्रमा विशेष भुमिका खेलेको छ । ग्रामीण क्षेत्रमा पर्यटकको चाप बढेसँगै पुर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । दीर्घकालीन रुपमा हेर्ने हो भने होम स्टे होटल व्यवसायमा परिणत हुने अवस्था छ ।

स्थानीय उत्पादनको प्रवद्र्धनमा यसले कसरी सहयोग गरेको छ ?
हरेक गाउँ पर्यटकीय ठाउँ भनेर हामी अघि बढिरहेका छौं । ग्रामीण वातारण सुन्दर, शान्त र हरियाली हुने हुँदा पनि पर्यटकको रोजाईमा पर्ने विश्वास हामीलाई छ । यसले ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलापलाई पनि चलायमान बनाउनेछ । ग्रामीण क्षेत्रमा उत्पादन हुने वस्तुको प्रवद्र्धन एवं बजारीकरणमा पनि ग्रामीण पर्यटनले महत्वपूर्ण भुमिका खेलेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानीय उत्पादनको प्रचाप्रसार भएको छ ।

होम स्टे सञ्चालनमा तपाईंहरुको भुमिका के छ ?
नेपाल सरकारको अवधारण अनुसार पुर्वाधार निर्माण गरी गाउँगाउँमा होम स्टे सञ्चालन गर्ने परिपाटीको विकास हामीले गरेका छौं । विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने र पर्यटन प्रवद्र्धनमा हामीले मध्यस्तकर्ताको भुमिका निर्वाह गरेका छौं । हाम्रो कार्यक्षेत्र प्रदेश नं ४ हो र यस क्षेत्रका करिब ३२ वटा होम स्टे हाम्रो मातहातमा छन् । तिनलाई विभिन्न तालिमको व्यवस्था गरी सुधार गर्दै अगाडि बढाएका छौं । नेपाल बोर्डसँगको सहकार्यमा अगाडि बढाएका छौं । कास्की, मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, स्याङ्जा, पर्वत लगायतका जिल्लामा रहेका विभिन्न होम स्टेसँग सहकार्य र समन्वय गरी हामी अगाडि बढिरहेका छौं ।

पर्यटकको रोजाईंमा होम स्टे पर्न सकेको छ ?
आन्तरिक तथा बाह्य दुवै पर्यटकको रोजाईमा होम स्टे पर्ने गरेका छन् । ग्रामीण क्षेत्रमा गएर रमाउने पर्यटकको लागि बास बस्न उपयुक्त स्थान होम स्टे नै बन्न थालेका छन् । होम स्टेले प्रदान गर्ने सेवा तथा सुविधाबाट पर्यटक सन्तुष्ट भएको हामीले पाएका छौं । नवलपारसीको अमलटारी, लमजुङको काउलेपानीलाई हामीले उदाहरणको रुपमा हेर्न सक्छौं ।

You might also like

Comments are closed.