‘हब ब्राण्डका रुपमा स्थापित छ’

राजन पंथी
सेन्टर म्यानेजर, हब इन्टरनेशनल एजुकेसन

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई बिगत १३ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको हब इन्टरनेशनल एजुकेसनले पोखरामा शाखा स्थापना गरेको छ । पोखरामा शाखा स्थापना गर्नुको उद्देश्य, हबका विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर सेन्टर म्यानेजर राजन पन्थीसँग आर्थिक आवाजले गरेको कुराकानीः

हब एजुकेसन कन्सल्टेन्सीका विशेषताहरु के–के छन् ?
हब आफैंमा एक ब्राण्डका रुपमा स्थापित भइसकेको छ । बिगत १३ वर्षदेखि हामीले विद्यार्थीलाई गन्तव्यमा पु¥याएका छौं । हामीले ७ हजार भन्दा धेरै विद्यार्थीलाई विभिन्न देशमा पठाइसकेका छौं । २० हजार भन्दा धेरै विद्यार्थीले आइएलटिएस, टोफेल, स्याट लगायतका कक्षा लिइसक्नुभएको छ । यसबाट पनि हामी सफल छौं भन्ने प्रष्ट हुन्छ । प्रोफेशनल टिम हामीसँग छ । अष्ट्रेलिया लगायत विभिन्न देशबाट सर्टिफाइड काउन्सेलर हुनुहुन्छ । क्युएसी र आइसिइएफ सर्टिफाइड टिम हामीसँग छ । कक्षा पनि हामीले व्यवस्थित रुपमा संचालन गरेका छौं । विद्यार्थीले सही परामर्श पाउनुहुन्छ । सत्य तथ्य जानकारी हामी प्रदान गर्छौं । विद्यार्थीमैत्री वातावरण भएका कारण पनि हामी विद्यार्थीको रोजाईमा पर्दै आएका छौं । विद्यार्थी यहाँँबाट गएर गन्तव्यमा पुगेपछि पनि हामी सहयोग गर्छौं यसमा पनि हामी धेरै अगाडि छौं ।

jutta mela

हबमा आएपछि विद्यार्थीले केकस्ता सुविधा पाउँछन् ?
विद्यार्थी हबको कार्यालयमा आइसकेपछि हामीले निःशुल्क रुपमा पर्सनल काउन्सिलिङका साथै प्रोशेसिङ काउन्सिलिङ गर्छौं । प्रोशेसिङ पनि निःशुल्क गर्छौं । विद्यार्थीको भिजा नलाग्दासम्म हामी कत्तिपनि पैशा लिदैनौं । प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा एसिसमेन्ट निःशुल्क रुपमा गर्छौं । विद्यार्थीको भिजा लाग्नु मात्र ठुलो कुरा होइन । त्यस पश्चात पर्ने आवश्यक सहयोग पनि हामी गर्छौं । हरेक कुरामा हव ईन्टरनेशनल कन्सल्टेन्सी धेरै अगाडि छ । आइएलटिएस, पिटिई र जिआरईको कक्षा पनि लिन पाउने व्यवस्था छ । प्रत्येक हप्ता सेमिनार हुन्छ । कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सेमिनारमा आउनुहुन्छ । कलेज तथा युनिभर्सिटकिा प्रतिनिधीलाई विद्यार्थी आफैले भेटेर धेरै कुराको जानकारी लिन सक्नुहुन्छ ।

पोखराबाट कुन–कुन देशमा विद्यार्थी पठाउनुहुन्छ ?
पोखराको सिद्धार्थचोकमा हाम्रो कार्यालय छ । अष्ट्रेलियासँगै क्यानडा, आयरल्याण्ड, न्युजील्याण्ड, युएसए, यु.के, इण्डिया लगायतका देशमा जान चाहने विद्यार्थीलाई परामर्श दिइरहेका छौं । यी देशका कलेज तथा युनिभर्सिटीसँग हाम्रो सम्वन्ध छ । यी देश मध्य अष्ट्रेलिया धेरै विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । अध्ययनको लािग विदेश जाने ट्रेन धेरै बढेको छ ।

पोखरामा शाखा सञ्चालन गर्नुको उद्देश्य के हो ?
पोखरामा बिगतदेखि नै धेरै कन्सल्टेन्सी खुलेका छन् । तर प्रोफेसनालिजम भने कम छ । पोखरामा प्रोफेशनल कन्सल्टेन्सीको अभाव महसुस गरेर हामी आएका हौं । प्रोफेशनल तरिकाले कन्सल्टेन्सी सञ्चालन गर्नु हाम्रो उद्देश्य हो । हामी उद्देश्य अनुशार सफल पनि छौं । विद्यार्थीलाई सही काउन्सिलिङ गर्नु हाम्रो उद्देश्य हो ।

शाखा स्थापनाको छोटो समयमा कस्तो प्रतिक्रिया पाउनुुभएको छ ?
पोखरामा यती छोटो समयमा नै यती धेरै सफल हुन्छ भन्ने मैले सोचेको थिइन । छोटो समयमा नै हामीले धेरै फड्को मारेका छौं । पोखरामा आएको करिव ४ महिना भएको छ । १० जना भन्दा धेरैको भिजा लागेको छ । विद्यार्थीसँगै अभिभावक पनि आउनुहुन्छ । उहाँहरुबाट पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । विद्यार्थीले पनि पारिवारिक वातावरण भएका कारण सहज अनुभूति गर्नुहुन्छ । यसले पनि हामीलाई थप ऊर्जा प्रदान गरेको छ ।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ?
विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई म एक पटक हवमा आउनुहोस भन्न चाहन्छु । अन्य कन्सल्टेन्सीमा भन्दा फरक वातावरण यहाँ पाउनुहुनेछ । विद्यार्थीलाई सही तरिकाले काउन्सिलिङ गर्छौं । कन्सल्टेन्सी छनोट गर्दा धेरै कुरामा ध्यान दिएर मात्र छनोट गर्नुस् भन्न चाहन्छु ।

 

You might also like

Comments are closed.