१४औँ वाषिकोत्सवमा सानिमाको रक्तदान कार्यक्रम

आर्थिक आवाज

तनहुँ । सानिमा बैंक लिमिटेडले १४औ वाषिकोत्सवको अवसरमा बैंकको शाखा कार्यालय दमौलीले दमौलीमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवन दान भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदात्यिव अन्र्तगत नेपाल रेडक्रस सोसाइटी तनहँ’ शाखा सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा २१ जनाले रक्तदान गरेका थिए । बैंकले आफनो वार्षिकोत्सवको अवसरमा यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपुर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । साथै बैंकले आफ्नो १४ वार्षिकोत्सवको अवसरमा देश भरिको शाखा वैंकहरुले पनि रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको बैंकका म्यानेजर रोशन मल्लले जानकारी दिए । बैंकले यो कार्यक्रम दोस्रो पटक गरेको हो । यस भन्दा अगी वैंकको शाखा उद्दघाटनको अवसरमा पनि रक्तदान गरिएको मल्ले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...