पोखरा । इक्यान कास्कीले भदौ २० र २१ (शुक्रबार र शनिबार) आयोजना गर्न लागेको ‘आठौं इक्यान शैक्षिक मेला’को तयारी पुरा भएको छ । टाइम्स एजुकेशनलको प्रस्तुतिमा हुन लागेको मेलाको तयारी पुरा भएको इक्यान कास्कीले जनाएको छ ।
शुक्रबार बिहान ९ बजे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थिति रहने जनाइएको छ । मेलामा इक्यानका सदस्य संस्थाहरु सहित करिब ७० स्टल रहने इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुने पहिलो ५ सय जनालाई मुभी टिकट निःशुल्क उपलब्ध गराइने जनाइएको छ । एक जना भाग्यमानी दर्शकलाई ल्यापटप उपहार प्रदान हुनेछ । एक जनाले स्माट फोट र एक जनाले ट्यावलेट उपहार जित्नेछन् । भाग्यमानी ५ जनाले एअरबर्ड, ५ जनाले क्वार्ड फोन, ५ जनाले जेबिएल स्पिकर, ५ जनाले हेडफोन उपहार जित्ने प्रचारप्रसार संयोजक राजन पन्थीले जानकारी दिए ।
मेलामा सहभागी हुनका लागि शुक्रबार र शनिबार निःशुल्क बस सेवासमेत इक्यान उपलब्ध गराएको छ। हेमजाबाट बगर, बिन्ध्यबासिनी, चिप्लेढुंगा हुँदै कार्यक्रम स्थलसम्म बस आउनेछ । तालचोकबाट पृथ्वीराजमार्ग हुदैँ कार्यक्रमस्थलमा बस आइपुग्नेछ । त्यस्तै छोरेपाटनबाट बिरौटा, रत्नचोक, जिरो किमी हुँदै मेला स्थलमा बस आउनेछ । एक एक घन्टाको फरकमा बस ती स्थानहरुबाट छुट्ने इक्यानले जनाएको छ ।
Comments are closed.