भानुभक्त क्याम्पस र भर्जिनिया विश्वविद्यालय बीच अन्तरकिया

आर्थिक आवाज

तनहँ, पौष २२ ।
तनहँको दमौली स्थित आदिकवी भानुभक्त क्याम्पस र भर्जिनिया विश्वविद्यालय बीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको निमन्त्रणमा अमेरीका स्थित भर्जिनिया विश्वविद्यालय, स्कुल अफ ल का प्रोफेसर क्यामिलो सान्चेजको नेतृत्वमा आएको प्राध्यापक तथा विद्यार्थीहरुको १८ जनाको समूह र आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति, प्राध्यापक, विद्यार्थीहरुको समूह बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा संबिधान सभाका सदस्य एवं क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष रामचन्द्र पोख्रेलले अन्तरक्रिया कार्यक्रमले दुई संस्था बीच सम्बन्ध कायम गर्न र दुई देश बीचको सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण कडी बन्ने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रमा बोल्दै अमेरीका स्थित भर्जिनिया विश्वविद्यालय, स्कुल अफ ल का प्रोफेसर क्यामिलो सान्चेजले यो अन्तरक्रिया कार्यक्रमले दुइ संस्थाबीच अनुभव आदानप्रदानमा टेवा मिल्नुका साथै यही क्रम भविष्यमा पनि जारी रहने बताएका थिए । दुई संस्थाका बीच संस्थागत रुपमा विद्यार्थीहरू आदानप्रदान कार्यक्रम अगाडी बढाउन पहल गरिने पनि उनको भनाइ थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आदिकवि भानुभक्त क्याम्पसको परिचय गराएका थिए भने क्याम्पस संञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले स्वागत गरेका थिए । त्यसैबीच व्यवस्थापन संकायमा कानुन बिषयको अध्ययन अध्यापन पद्धति र महत्वको बारेमा सहायक प्राध्यापक विमल गिरीले जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा व्यास नगरपालिका प्रथम मेयर एवं क्याम्पस सञ्चालक समितिका सल्लाहकार ताराप्रसाद श्रेष्ठ, नेकपाका केन्द्रिय सदस्य प्रताप लाल श्रेष्ठ, क्याम्पस संञ्चालक समितिका निवर्तमान अध्यक्ष समुन्द्र गोदार, जिल्ला समन्वय समितिका सदस्य केश बहादुर सुनार, व्यास नगरपालिका वडा नं २ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, क्याम्पस संञ्चाल समितिका सदस्य अतिन्द्र केशरी न्यौपाने र संञ्चालक समितिका सम्पुर्ण सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा शिक्षकका तर्फबाट सागर पौडेल र बिद्यार्थीका तर्फबाट राजेश श्रेष्ठ, साजन थापा, विशाल बस्नेतले जिज्ञासा राखेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.