कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित भएँ : जोशी

काठमाडौं । आजभोलि सामाजिक सञ्जालमा निःशुल्क जागिर लगाइदिने भन्दै थुप्रै संस्थाहरु सक्रिय छन् । तर उनीहरुले शुरुमा निःशुल्क भने पनि फर्म भर्न र अन्य सहयोग भन्दै उम्मेदवारहरुबाटै उल्टै शुल्क उठाइरहेको भेटिन्छ । तर, कुमारी जब भने विगत ८ वर्षदेखि निःशुल्करुपमा अवसर प्रदान गर्दै आइरहेको छ ।

कुमारी जबको काम गर्ने तरिकाले सेवाग्राहीहरु अत्यन्तै सन्तुष्ट छन् । यसै सन्दर्भमा शेर्पा हस्पिटालिटी ग्रुपको ह्युमन रिसोर्स डिपार्ट्मेन्टमा भाईस प्रेजिडेन्टको रुपमा कार्यरत भुवनराज जोशीसँग गरिएको कुराकानीको संक्षिप्त अंशः

कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?
कुमारी जबसँग हाम्रो पहिलादेखि नै कनेक्सन थियो ।

jutta mela

कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
अपेक्षाभन्दा पनि उहाँँहरुले जसरी सम्पूर्ण काम एकदमै प्रोफेसनल्ली गर्नुहुन्छ त्यसबाट म एकदमै प्रभावित छु ।उहाँँहरुले जसरी आफ्नो सेवाग्राहिहरुको सूचना गोप्य राख्नुहुन्छ त्यो पनि मलाई अत्यन्तै राम्रो लाग्छ ।

अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
अत्यन्तै सन्तुष्ट छु ।

अन्त्यमा कुमारी जबलाई केही सन्देश दिन चाहनुहुन्छ ?
अब उहाँहरुको प्रोफेसनल टिम छ, दुरदर्शी नेतृत्व छ । आफ्नो उपभोक्ताहरुको सूचनाको गोपनीयता कायम राख्नु भएको छ, सेवाग्राहिहरुलाई खोजेको जस्तै सेवा दिनुहुन्छ । यस्तै सेवा प्रदान गर्दै जानुहोस् यहि नै शुभकामना दिन चाहन्छु ।

You might also like

Comments are closed.