काहुँखोलामा ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्स’ सञ्चालनमा

पोखरा । ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्स’को फ्याक्ट्री पोखरा-१३ काहुँखोलामा स्थापना भएको छ । फ्याक्ट्रीको उद्घाटन आइतबार हुने सञ्चालक युवा व्यवसायी रोहनजंग कार्कीले जानकारी दिए ।

कम्पनीले यस अगाडि पोखराको लेकसाइडबाट सेवा प्रदान गर्दै आइरहेको थियो । फ्रोजन मःमका विभिन्न परिकारहरु अर्डर अनुसार होम डेलिभरी सेवा अब फ्याक्ट्रीबाटै प्रदान हुने कार्कीले जानकारी दिए । ‘पोखरा तथा आसपासका क्षेत्रलाई लक्षित गरी सेवा सुरु गरेका हौं,’ कार्कीले भने, ‘हामीले गुणस्तरीय फ्रोजन मःम बनाइरहेका छौं ।’

प्याकेजिङ चिकेन मःम, बफ मःम, पोर्क मःम, पनिर मःम पाउनुका साथै अर्डर अनुसारका मःमका परिकार फ्याक्ट्रीमा बनाइने कार्कीले जानकारी दिए । होम डेलिभरी सेवा निःशुल्क हुन्छ ।

‘स्वच्छ खाजाका लागि हामीसँग मःम अर्डर गर्न सक्नुहुन्छ,’ उनले भने, ‘राम्रो सेवा तथा गुणस्तरीय खानेकुरा हाम्रो प्राथमिकता हो ।’ दैनिक हजार प्लेटसम्म मःम बनाउन सकिने गरी फ्याक्ट्री स्थापना भएको कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.

Secret Link