आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि. छैटौं वर्षमा प्रवेश

काठमाडौं । आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि. छैटौं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको इन्द्रचोकमा मुख्य कार्यालय रहेको सहकारी वि.सं. २०७४ असार २५ गते स्थापना भएको थियो ।

सहकारीमा हाल करिब ३ हजार जना सेयर सदस्य आबद्ध छन् । सेयर पुँजी करिब ४ करोड रुपैयाँ छ भने कारोबार ४५ करोड रुपैयाँ बराबर रहेको अध्यक्ष खड्ग देवकोटाले जानकारी दिए । सहकारीको सेवा केन्द्र कलंकी र सामाखुसीमा छ ।

वार्षिकोत्सवको अवसरमा सहकारीका अध्यक्ष देवकोटाले सम्पूर्ण सेयर सदस्य, सञ्चालक, कर्मचारी तथा सेवाग्राही लगायत सहकारी अभियानमा साथ दिने सम्पूर्णमा आभार तथा कृतज्ञता व्यक्त गरेका छन् ।

यसैबीच, सहकारीले वार्षिकोत्सवको अवसरमा आज शनिबार काठमाडौंको न्युरोडस्थित मारबाडी सेवा समितिको हलमा सदस्य भेटघाट तथा हाल वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव र व्यवस्थापनमा चुनौति विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका लेखासमिति संयोजक धर्मदत्त देवकोटा, सहकारी बैंकका सञ्चालक एवं काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतका वक्ताहरुले अन्तरक्रियामा आ-आफ्नो धारणा राख्नेछन् ।

lcci
You might also like

Comments are closed.