काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको २०औं वर्ष प्रवेश गरेको छ ।
सहकारीले २०औं स्थापना दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै बैंकका परिकल्पनाकारहरु, संस्थापक, सदस्यहरु, शेयरसदस्यहरु, सम्पूर्ण सरोकारवाला निकाय तथा शुभेच्छुक एवं शुभचिन्तकहरुमा धन्यवाद तथा आभार व्यक्त गरेको छ । बैंकले आगामी दिनमा पनि निरन्तर सल्लाह, सुझाव एवं साथको अपेक्षा गरेको छ ।
बैंकको अध्यक्ष केवि उप्रेती छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा बद्री गुरागाईं छन् ।
सहकारीमा देशभर बैंकका ६८ वटा शाखा छन् । ३८ जिल्लामा शाखा विस्तार गरिसकेको बैंकमा करिब ५ सय जना कर्मचारी आबद्ध छन् ।
बैंकमा देशभर रहेका करिब १५ हजार प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध छन् ।
सहकारीको शेयर पुँजी करिब ३ अर्ब रुपैयाँ छ । निक्षेप करिब ४३ अर्ब रुपैयाँ र कर्जा लगानी करिब ३७ अर्ब रुपैयाँ छ । कारोबार ५२ अर्ब रुपैयाँ र ३ अर्ब रुपैयाँका विभिन्न कोषहरु छन् ।
Comments are closed.