राज्यको पैसा ट्रस्टलाई बाँडेर ‘संगठित अपराध’ नगर्न परिषदको आग्रह

पोखरा । पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत करदाताको पैसा ट्रस्ट र फाउन्डेसनलाई वितरण नगर्न आग्रह गरेका हुन् । यसरी पैसा वितरण गर्नुलाई संगठित अपराध भनिने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

jutta mela

मुख्यमन्त्री, मन्त्री र सांसद तथा नेताहरुकै पारिवारिक ट्रस्ट तथा फाउण्डेसनलाई करोडौं रुपैयाँ बजेट छुट्याएपछि गण्डकी प्रदेश सरकार आलोचित बनेको छ ।

यसैबीच, चौतर्फी आलोचनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताहरुको आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा बिनियोजन भएको बजेट फिर्ता गर्न र प्रदेशको अन्य प्राथमिक क्षेत्रमा खर्च गर्न निर्देशक दिएका छन् ।

You might also like

Comments are closed.