गण्डकीमा सार्वजनिक यातायातको सेवा नियमित

पोखरा । गण्डकी प्रदेशका सार्वजनिक यातायातले नियमित सेवा प्रदान गरेका छन् । आजबाट घर ग्यारेजमा गाडी थन्क्याउने निर्णय गरेका व्यवसायीले आन्दोलन स्थगित गरेसँगै सेवा नियमित भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

कर बृद्धि फिर्ता लगायतमा माग राख्दै व्यवसायीले आन्दोलन घोषणा गरेका थिए । आन्दोलनको पूर्व सन्ध्यामा शनिबार साँझ गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्कासँग भएका बार्ता सकारात्मक भएको भन्दै व्यवसायीले आन्दोलत स्थगित गरेका हुन् ।

आन्दोलत स्थगित भएसँगै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका लगायत अन्य समितिसँग आबद्ध बसहरु नियमित सुचारु भएको हो । मन्त्री खड्कासँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर, मदजुर संगठनका प्रतिनिधि तथा यातायात व्यवसायीहरुसहितको बैठक शनिबार साँझ बसेको थियो ।

jutta mela

कर, जरिवानालगायत यातायात क्षेत्रमा भएका समस्याका सन्दर्भमा छलफलबाट समाधान गर्ने मन्त्री खड्काले प्रतिबद्धता जनाएका हुन् । माग पुरा नभए पुन आन्दोलनमा उत्रदै सेवा बन्द गर्न बाध्य हुने परिस्थिति आउने भएकाले तत्काल समस्याको समाधान गर्नुपर्ने अवस्था आउने महासंघका गण्डकी प्रदेश संयोजक केदार पौडेलले बताए ।

‘बिभागीय मन्त्रीले छलफलबाट छिट्टै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएकाले गाडी घर ग्यारेजमा राख्ने कार्यक्रम तथा आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित भएको छ,’ उनले भने ।

You might also like

Comments are closed.