दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘गण्डकी बहुप्राविधिक शिक्षालय’

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ले थप चार वटा विषयको स्वीकृति पाएको छ । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को साझेदारीमा शैक्षिक कार्यक्रम अघि बढाइरहेको छ । बजारको माग अनुशार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित २०७६ सालमा स्थापना भएको हो ।

हाल शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ भइरहेको छ । सिभिल इन्जिनियरिङका लागि तीन वर्षको १ लाख ९७ हजार शुल्क छ भने अटोमोबाइलको एक लाख २५ हजार शुल्क तोकिएको छ ।

शिक्षालयलाई अब थप ४ वटा प्राविधिक बिषयको पठनपाठनका लागि स्वीकृती प्राप्त भएकोे छ । महानगरको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने यी ४ विषयको पनि यसै शैक्षिक सत्रवाट अध्यापन सुरु हुने भएको हो । डिप्लोमा ईन फरेष्टि, डिप्लोमा ईन फार्मेसी, डिप्लोमा ईन जियोमेट्रिक ईन्जिनियरिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा लगायतका विषय यसै वर्षदेखि थप भएका हुन् ।

एसईई उत्तीर्ण विद्यार्थीले साउन २६ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने बताइएको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ कोटा, डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङमा २४ कोटा छन् र डिप्लोमा इन जियोम्याट्रिक्समा २४ कोटा निर्धारण गरिएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीको लागि विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । फस्ट सेमेस्टरको रिजल्टमा सिभिल र अटो दुवैतर्फ कलेजले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार अटोमोवाइल इन्जिनियरिङको अध्यापन सुरु गरेको हो ।

पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमा अटोमोबाइल पर्दछ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ । गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकांश जनशक्ति समेत विदेशी नै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भएपनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ ।
सिभिल इन्जिीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरुमा पढाइ हुने भएपनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पसहरु नगन्य छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्ष अघि अटोमोबाइल विषय अध्यापन गरिए पनि पनि हाल सोको पठन पाठन हुँदैन । आफ्नै पूर्वाधार नबन्दासम्म महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गरिरहेको छ ।

You might also like

Comments are closed.