काठमाडौं । नेपालका लागि Caterpillar Heavy Equipment को आधिकारिक बिक्रेता बतास ट्रयाक्टर्स प्रा.लि. द्वारा ग्राहक भेला सोमबार सम्पन्न गरीएको छ । उक्त ग्राहक भेलामा नेपालमा कंस्ट्रकसन व्यवसायमा प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए ।।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष सुशील कुमार श्रेष्ठ, काठमाडौं व्यवसायी संघका अध्यक्ष कृष्ण गौतम, International Federation of Asian and Western Pacific Contractors’ Associations का प्रथम उपाध्यक्ष रमेश शर्मा लगायतको सहभागिताले निर्माण व्यावसायीलाई प्रोत्साहन मिलेको थियो ।
उक्त भेलामा CAT को Backhoe Loader प्रदर्शनी साथै ग्राहकहरूमा सो प्रयोग गर्दा हुने फाईदाहरु बारे विस्तृत जानकारी गराईएको थियो । सो भेलामा बतास अर्गनाईजेसनका अध्यक्ष आनन्दराज बतास, प्रबन्धक निर्देशक शान्त राज बतास, बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्ल, Caterpillar का Mathew Wright, तथा Gainwell इन्डियाका अमित बन्साल, ट्रयाक्टर्स नेपालका शभाअर्जुन शाहाद्वारा विस्तृत रुपमा जानकारी गराईएको थियो ।
नेपालको निर्माण व्यावसायलाई थप अब्बल बनाउन सहकार्य हुने CAT को नया उत्पादन Backhoe Loader प्रदर्शनमा राखिएको थियो। सो मोडलहरु Caterpillar को प्रविधि अनुरुप उत्पादन गरिएको हुँदा उक्त मेशिनको क्षमता अतुलनिय रहेको बताइएको छ । बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्लले Caterpillar का उत्पादनहरु नेपाली बजारमा लोकप्रिय हुँदै अएकोले आउदो दिनहरुमा देश विकासका कार्यमा कार्यरत सम्पूर्ण निर्माण व्यवसायी तथा उद्योगी व्यवसायीलाई अझै राम्रो गुणस्तरीय सेवा दिने प्रतिवद्धताका साथ बतास ट्रयाक्टर्स प्रा.लि अघि बढिरहेको जानकारी गराएका छन् ।







Comments are closed.