उत्कृष्ट सहकारीको पहिचान बनाउँदै मालिका बचत

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि.ले साउन मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । सहकारी विभागले साउन ३१ गते जारी गरेको निर्देशन बमोजिम सहकारीले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सहकारीले सो अवधिमा ४६ करोड १८ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । सहकारीको सेयर पुँजी १० करोड ६३ लाख ९० हजार रुपैयाँ छ भने लगानीमा रहेको ऋण ६३ करोड ७४ लाख ६० हजार रुपैयाँ रहेको छ ।

सहकारीको कुल सम्पत्ती ७४ करोड रुपैयाँ भन्दा बढी रहेको वित्तीय विवरणमा देखिन्छ । सहकारीले जगेडा कोषलगायत अन्य कोषलाई पनि बढाउँदै लगेको छ । जगेडा कोषमा ३ करोड १७ लाख रुपैयाँ, अन्य कोषमा २ करोड १० लाख रुपैयाँ रहेको छ । तरलता ९ करोड ५५ लाख रुपैयाँ (२१ प्रतिशत), कुल संस्थागत पुँजी ४ करोड २८ लाख रुपैयाँ रहेको छ । सहकारीले अघिल्लो आर्थिक वर्षमा नाफामा समेत २५ प्रतिशत बृद्धि गर्न सफल रहेको महाप्रवन्धक जनकबहादुर धामीले जानकारी दिए ।

सहकारीमा १ हजार २ सय ७२ जना सेयर सदस्य छन् भने ऋणि सदस्य २ सय ९३ जना छन् । सहकारीले कम जोखिम युक्त क्षेत्रमा लगानी गरेको धामीले बताए । ‘हामीले लगानीलाई विविधीकरण गरेका छौं,’ उनले भने ।

मालिका सहकारी काठमाडौं क्षेत्रमा रहेका सहकारीहरु मध्य उत्कृष्ट सहकारीमा स्थापित बनेको छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो समयको अनुभव संगालेका व्यक्तिहरुले सहकारीको व्यवस्थापन हेर्दै आइरहेका छन् । सञ्चालक समितिमा समेत अनुभव तथा स्थापित व्यवसायीहरुको समूह सहकारीमा आबद्ध छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.