वैध संस्थामा मात्रै जापनिज भाषा पढ्न भाषा संघको अपिल

आर्थिक आवाज
पोखरा, ८ माघ । भाषा संघ नेपालले जापनिज भाषा पढ्न चाहने विद्यार्थीहरुलाई बैधानिक जापनिज भाषा पढाउने ईन्ष्टिच्यूटमा मात्र पढ्न आग्रह गरेका छन् । संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्रालयबाट स्विकृति नलिई अवैध रुपमा सञ्चालनमा रहेका ल्यांगवेजहरुमा जापनिज भाषा पढ्दा ठगिन सक्ने भन्दै बैधानिक रुपमा सञ्चालनमा रहेका जापनिज भाषा पढाउने ईन्ष्टिच्यूटमा मात्र पढ्न आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै भाषा संघ नेपालका अध्यक्ष युवराज खनालले जथाभावी खुलेका अवैध संस्थाहरुमा जापनिज भाषा पढ्दा विद्यार्थीको भविष्य नमबै अन्यौलमा पर्नसक्ने भएकाले सचेत बन्न आग्रह गरे । त्यस्ता संस्थाहरुमा जापनिज भाषा सम्बन्धी दक्षता नभएका शिक्षकहरु रहेको र उनीहरुले उल्टोपाल्टोपनि सिकाउँदै ठग्नसक्ने संघका सचिव मोतीप्रसाद श्रेष्ठले बताए ।

भाषा संघले अवैध रुपमा सञ्चालित संघ संस्था तथा व्यक्तिहरुलाई यथाशिघ्र अवैध गतिविधि त्याग्नपनि आग्रह गरेको छ । साथै उसले आग्रहलाई बेवास्ता गरी भ्रामक विज्ञापनमार्फत विद्यार्थी तानेर अवैध रुपमा पढाउने कार्य बन्द नगरे कानूनी कार्वाहीका लागि उजुरी गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

You might also like

Comments are closed.

Secret Link