मुक्तिनाथ कृषि कम्पनीद्वारा एकै पटक ८ वटा सहायक कम्पनीको उद्घाटन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । मंगलबार कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले एक कार्यक्रमबीच सहायक कम्पनीहरुको उद्घाटन गरेको हो ।

मुक्तिनाथ सिड बैंक लि., मुक्तिनाथ फर्टिलाईजर बैंक लि, मुक्तिनाथ नर्सरी बैंक लि., मुक्तिनाथ लाइभस्टक बैंक लि., मुक्तिनाथ हर्बल बैंक लि., मुक्तिनाथ फूड बैंक लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. गरेर ८ वटा सहायक पब्लिक कम्पनी उद्घाटन गरिएको हो ।

कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित सहायक कम्पनीको सुरुवात गरिएको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।

कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चालक सीताराम काफ्ले, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमिल्सिना लगायतले कम्पनीको हालसम्मको कार्यप्रगति, सहायक कम्पनी खोल्नुको उद्देश्य तथा आगामी योजनाका बारेमा बोलेका थिए ।

You might also like

Comments are closed.

Secret Link