जसरी खाडी मुलुकहरु तेलकै कारण धनी भए, हामी पनि जलस्रोतको सही सदुपयोग गरे धनी हुन्छौं ।
हाल आएर नेपाल बिजुली आयात गर्ने मुलुकबाट बिजुली निर्यात गर्ने मुलुकमा परिणत भइसकेको छ । हाम्रा दुई विशाल अर्थतन्त्र भएको छिमेकी हाम्रो विद्युत व्यापारको सुरक्षित बजार हो । हाल भारतमा ५२ प्रतिशत र चीनमा ५८ प्रतिशत विद्युत् कोइलाबाट उत्पादन हुन्छ । संसार भर कोइलाको प्रयोगबाट बिजुलीको उत्पादन सन् २०३० सम्म ८० प्रतिशतले र सन् २०४० सम्म पूर्णरुपमा बन्द गर्नुपर्ने देखिन्छ । यो संसारको बाध्यता हो । कोइला सबैभन्दा बढी कार्वन उत्सर्जन गर्ने बस्तु हो, जसले धेरै हदसम्म ग्लोबल वार्मिङ गराउँछ ।
फलस्वरुप भारतले भारतमै बिजुली आयात गर्नेगरी नेपालमा जलविद्युतमा लगानी धेरै बिस्तार गरिरहेकै छ । यो क्रम अझै बृद्धि हुने देखिन्छ । यदि भारतले मार्ग दिए बंगलादेश पनि नेपालमा जलविद्युतमा लगानी गर्न र विद्युत नेपालबाट आयात गर्न ईच्छुक छ । मलाई विश्वास छ, केही समय पछि चीन पनि सोही रुपमा अगाडि आउन सक्छ । तर, विद्युत् निर्यात गर्ने मार्ग तयार गर्न अलि कठिन देखिन्छ । हाल भारतले लगानी गरिरहेको जलविद्युतमा २१.२ प्रतिशत विजुली नेपालले सित्तैमा पाउने र २५ वर्षपछि सम्पूर्ण आयोजना नेपालकै हुनेछ ।
यदि भारतले १० हजार मेगावाट लगानी गर्दा नेपालले २१ सय मेगावाट विजुली सित्तैमा प्राप्त गर्ने, बाँकी बिजुली भारत निर्यात गर्दा वर्षको ८–१० खर्ब विदेशी मुद्रा नेपालले आर्जन गर्ने, जसले नेपालको प्रयोग हुने बिजुली केही वर्षमै धेरै सस्तो हुनेछ । नेपालमा बिजुली बढी खपत हुने उद्योगको उत्पादन लागत कम भइ अन्तर्राष्ट्रिय रुपमै प्रतिस्पर्धा हुने लगायत धेरै फाइदा नेपाललाई हुने देखिन्छ । वस्तु मात्र नभइ हाम्रो सेवा क्षेत्र पनि प्रतिस्पर्धी हुन्छ । समग्रमा नेपाल जलस्रोतकै कारण समृद्ध हुने छ र हामी वास्तबमै सुखी नेपाली हुनेछौं ।
पाण्डेको फेसबुक वालबाट साभार
Comments are closed.