आइसरले ल्यायो दसैं तिहार अफर, ग्राहकलाई हात खाली नजाने उपहार

काठमाडौं । दसैं तिहारलाई लक्षित गरी आइसर गाडीको खरिदमा विशेष अफर सार्वजनिक भएको छ । आइसर गाडीका लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रा.लि.ले नेपाली ग्राहकहरुमाझ दसैं तिहार अफर सार्वजनिक गरेको हो ।

आइसरका एचडि, एलएमडि र बस सेगमेन्टको खरिदमा हात खाली नजाने अफर लागु गरिएको कम्पनीले जनाएको छ । आइसरका गाडीहरुको खरिदमा आकर्षक नगद छुटदेखि विभिन्न अप्सनमा उपहारहरु ग्राहकले प्राप्त गर्न सक्नेछन् । स्मार्ट टिभी, मोबाइल, ल्यापटप, स्कुटर, बाइक, बुलेट बाइक लगायतका उपहार आइसरका ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

चाड पर्वलाई लक्षित गरी ल्याइएको अफरबाट आइसरका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । भारतीय कमर्सियल गाडी निर्माता कम्पनी भल्भो आइसर कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक बिक्रेता इष्टर्न एजेन्सिज प्रा.लि.ले हरेक वर्ष उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल छ ।

आइसर गाडी इन्धनमा किफायती, मर्मत खर्चकम लाग्ने साथै सहज रुपमा स्पेयर पार्टस पाइने भएकाले लोकप्रिय रहेको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.