नेपालमै पहिलो पटक साइवर सेक्युरिटीका क्षेत्रमा CEH V12 लन्च, थपलिया सर्टिफाइड इन्स्टक्टर

काठमाडौं । साइवर सेक्युरिटीका क्षेत्रमा CEH V12 लन्च भएको छ । नेपालमै पहिलो पटक CEH V12 लन्च भएको हो । इसी काउन्सिलले CEH V12 नेपालमा लन्च गरेको हो ।  इसी काउन्सिलका लागि सर्टिफाइड इन्स्टक्टर सुमन थपलिया हुन् ।

इसी काउन्सिलले करिव १५ वर्षभन्दा पहिलेदेखि साइवर सुरक्षाका कार्यक्रम मार्फत विश्वभरका साईवर सेक्युरिटी प्रोफेसनल्सलाई साइवर याट्याक विरुद्ध लड्न प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।

द हल अफ फेमले साइवर कम्युनिटी भित्र उत्कृष्टता हासिल गरेका व्यक्तिलाई नेतृत्व भावनाका साथ साथिभाइका बीच परिचित तथा सेलिब्रेसन गराउँछ । त्यस्ता व्यक्ति मध्य सुमन थपलिया पनि एक हुन् जसले साइवर सेक्युसिटीका क्षेत्रमा सन् २०१८ देखि काम गरिरहेका छन् । साइवर सेक्युरिटीका क्षेत्रमा उनले विभिन्न उपलब्धि पनि हाँसिल गरेका छन् ।

CEH, CHFI, CISO, CISA बाट मान्यता प्राप्त सर्टिफिकेट उनीसँग छन् । उनले साइबर सेक्युरिटीमा पिएचडी गरिरहेका छन् । थपलिया टेक्सास कलजेको आइटी डिपार्टमेन्टका हेड हुन् भने क्रिप्टोजेन नेपालका सिइओ पनि हुन् ।

You might also like

Comments are closed.