पोखरा । मयूर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम विभिन्न प्रस्तावहरुमाहरू सहित संस्थाको अध्यक्ष, सचिव कोषाध्यक्ष तथा लेखा समिति को प्रतिवेदन छलफल तथा अनुमोदन सहित बचत नीति, ऋण नीति , आर्थिक प्रशासन नीति एबम नियमावली, मानव संसाधन नीति, सुसासन नीति ,पारितसहित विभिन्न बिषयमा छलफल सहित निर्णय गर्न साधारण सभाको आयोजना गरिएको बताइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका सहकारी विभागका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध हुन नहुने बताउँदै शेयर सदस्यहरुले संस्थामा नियमित रकम बचत गर्नुपर्ने बताए । महानगर सहकारीलाई ठूलो बनाउँदै लैजाने योजनामा रहेको जनाउँदै वैद्यताका साथ मात्र सहकारी सञ्चालन गर्नुपर्नेमा अधिकारीको जोड थियो । सहकारी देश बनाउनको लागि भएकोले सबैलाई सहकारीमा जोडिन अधिकारीले आग्रह गरे ।
पोखरा महानगर सहकारी विभागका दर्ता अधिकारी भरत राज पौडेलले सहकारीमा केही रकम भएपनि बचत गर्न सकियो भने भविष्यको लागि राम्रो हुने बताउँदै संस्थाले गर्ने कार्यहरु पूरा गर्न सुझाए ।
मयूर सहकारीका अध्यक्ष मिनराज खड्काले सहकारी लगानी गर्न चाहनेहरुको लागि भएको बताउँदै सहकारीले आत्मनिर्भर बन्न सिकाइ उद्यमशीलता विकास गर्ने बताए ।
उक्त कार्यक्रममा राष्टिय सहकारी बैंक पोखरा शाखा प्रबंधक नरेश पाण्डेले सहकारीहरुले आपसी सहकार्यको गर्न सके हालको आर्थिक समस्या सहज रुपमा समाधान गर्न सहज हुने बताए । उक्त कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैँक बाग्लुङ शाखाका डेपुटी म्यानेजर हरि अधिकारी, जनरल इन्सुरेन्सका बजार विभाग प्रमुख सञ्जीव पौडेल, पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्नीधर त्रिपाठी , नमुना आदर्श आमा समुह मालेपाटनका अध्यक्ष जानुका थापा लगायतले बोलेका थिए ।
सोही अवसरमा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रम सहकारीका सात सिद्धान्त संस्थाका सञ्चालक समितिका सदस्य सुनिल पराजुलीले वाचन गरेका थिए । सहकारीका अध्यक्ष मिनराज खड्कको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती पौडेलले र सञ्चालन सचिव प्रेमप्रसाद आचार्य र शिक्षा समिति सदस्य रमेश सुवेदीले सञ्चालन गरेका थिए ।
Comments are closed.