सृजना विकास केन्द्रको अध्यक्षमा कृष्ण थापा

पोखरा । सृजना विकास केन्द्र पोखराको अध्यक्षमा कृष्ण थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न ४५औं साधारणसभाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । थापाले अध्यक्षका प्रत्यासी चन्द्र गिरीलाई पराजीत गरेका हुन् । कुल ७६ जनाले मतदान गरेको निर्वाचनमा थापाले ४२ भोट प्राप्त गरेका छन् भने गुरुङले ३२ भोट प्राप्त गरे ।

थापा अघिल्लो कार्यकालमा प्रथम उपाध्यक्ष भएर काम गरेका थिए । त्यस अगाडि पनि उनले संस्थामा लामो समयदेखि विभिन्न पदमा रहेर योगदान पुर्याएका थिए ।

jutta mela

संस्थाको निबर्तमान अध्यक्षमा ईन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा कृष्णमान पुसाजू, उपाध्यक्षमा बिक्रम नारायण बिजुक्छे, महासचिवमा विश्व श्रेष्ठ, सचिवमा भीम पौडेल र कोषाध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित भएका छन् । सदस्यहरुमा साबित्री बराल, बिक्रम पुसाजू, मुक्ति सुवेदी, दानबहादुर गुरुङ निर्वाचित भए ।

आफूलाई अध्यक्षमा निर्वाचित गराउने संस्थाका सम्पूर्णप्रति थापाले आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.