युरोपेली वायुको प्रभावः देशैभरिको भौसम प्रभावित, दुई दिन अझै चिसो

काठमाडौं, १८ माघ । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वषा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ ।

आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने रु अन्यत्रको मौसम पनि दिनभर जसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बनाए ।

अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने उनले जानकारी दिए । आजको नेपाल समाचार पत्रमा समाचार छ

You might also like
Ram Tulasi Palpa

Comments are closed.