राजनीतिमा सक्रिय बन्दै युवा उद्यमी केसी, कास्की ३ ‘ख’मा टिकट पाउने सम्भावना

पोखरा । युवा उद्यमी देवेन्द्र केसी राजनीतिमा सक्रिय छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्यसमेत रहेका केसीले आगामी प्रदेश सभा सदस्यमा टिकट पाउने चर्चा चलिरहेको छ । राजनीतिमा युवाहरुको आकर्षण बढिरहेको सन्दर्भमा नेपाली काँग्रेसबाट कास्कीको क्षेत्र नं. ३ ‘ख’ मा उम्मेदवार सिफारिस हुने मध्ये सबैभन्दा कान्छो उमेरका केसी नै छन् ।

राजनीतिमा युवाहरुको आकर्षण बढेको र मतदाताको रोजाईमा पनि युवाहरु परिरहेको सन्दर्भमा आफू उम्मेदवार बन्ने अभियानमा होमिएको केसी बताउँछन् । केसी युवाहरु माझ लोकप्रिय मानिन्छन् । हालै सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा सर्वाधिक मतसहित उद्योग उपाध्यक्ष निर्वाचित हुनुले पनि उनको लोकप्रियता स्पष्ट हुन्छ ।

jutta mela

उनी सिफारिस भएको प्रदेश निर्वाचन क्षेत्रमा पनि केसीको लोकप्रियता छ । अन्य उम्मेदवारले भन्दा बढी भोट प्राप्त गर्ने सम्भावना केसीसँग रहेको काँग्रेसका कार्यकर्ताहरु बताउँछन् । ‘राजनीतिमा युवाहरुको आकर्षण बढिरहेको अवस्थामा केसी सिफारिसमा पर्नुलाई चासोका रुपमा हेरिएको छ,’ उनको निर्वाचन क्षेत्रका एक मतदाताले भने । प्रदेश सभा सदस्यका लागि आफूलाई सिफारिस गर्ने पार्टी कमिटिप्रति केसीले आभार व्यक्त गर्दै उनले टिकट पाउने र जनताको मतबाट निर्वाचित भइ जनताकै सेवामा खटिने आफ्नो चाहना रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघ लगायत अन्य विभिन्न सामाजिक एवं व्यावसायिक क्षेत्रमा केसीको सक्रियता छ । कुटी ग्रुप अन्तर्गत उनले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् ।

कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा उनको लगानी छ । केसीले प्रत्यक्ष रुपमा २ सय जनालाई रोजगारी प्रदान गर्न सफल छन् ।

You might also like

Comments are closed.