काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा अमेरिकी डलरको मूल्य निरन्तर रुपमा बढिरहेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको बिक्रिदर १३१ रुपैयाँ ३१ पैसा पुगेछ भने खरिददर एकको १३० रुपैयाँ ७२ पैसा कायम भएको छ ।
त्यस्तै, आज युुरो १ को खरिददर १२९ रुपैयाँ २३ पैसा रहेको छ भने विक्रिदर १२९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।पछिल्लो समयमा डलरको भाउ मंहगो भएपछि नेपाली बजारमा आयत र निर्यातमा असर परिरहेको छ ।
यद्पी रेमिटेन्समा भने नेपाललाई फाइदा पुगेको छ तर जुन पढ्न विदेश गएका विद्यार्थीलाई भने एकदमै असर पर्ने देखिन्छ ।
Comments are closed.