प्राइम सहकारीको साधारण सभा असोज २८ गते हुँदै

पोखरा । पोखराको प्राइम सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा यही असोज २८ गते हुने भएको छ ।

सहकारीको २०७९ साल भदौ ७ गते सम्पन्न भएको संचालक समितिको निर्णय अनुुसार असोज २८ गते शुक्रबार १३ औँ साधारण वार्षिक सभा हुन लागेको हो ।

यस सहकारीको १३ औँ साधारण सभा यही असोज २८ गते शुक्रबार अपराह्न २ बजे पोखरा -८ सिमलचौरमा स्थित ह्वाइट पार्टी प्यालेसमा हुने सूूचनामा उल्लेख गरिएको छ ।

यस  साधरण सभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत र पारित गर्ने कार्यसूची रहेको छ ।साथै संचालक समितिमा रिक्त कोषध्यक्ष पदमा बाँकी अबधिको लागि पदपूर्ति गर्ने कार्यसूची पनि रहेको छ ।

त्यस्तै, सहकारीको नियमानुसार अनिवार्य मासिक बचत गर्नु पर्ने हुँदा सो नियमित नहुने सदस्यहरुले साधारणसभा अगावै कार्यालयमा सम्पर्क राखी वा बजार प्रतिनिधिहरुसँग भेटी बचत जम्मा गर्न समेत सहकारीले अनुरोध गरेको छ ।

lcci
You might also like

Comments are closed.