कास्की ३ का जनताको सुखदुखको साथी बनेर काम गर्नेछुः पौडेल

यतिबेला देश नै चुनावमय बनेको छ । शहरका गल्ली तथा गाउँघरका चोकचोकमा चुनावको चर्चा परिचर्चा तथा नेताहरुको पक्ष विपक्षमा कुरा हुन थालेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव नजिकिएको छ । देशभर उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यसैक्रममा कास्की क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका योगराज पौडेल पनि यतिबेला चुनावको तयारीमा जुटेका छन् । प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले उम्मेदवारी दिएका हुन् । आफ्नै क्षेत्रबाट उम्मेदवारी दिएका पौडेललाई त्यस क्षेत्रको हरेक साना ठूला समास्याबारे ज्ञान छ । अवसर पाए आफ्नो क्षेत्रका जनताका लागि केही गर्न सक्ने क्षमता उनमा छ । यसकै कारण पनि होला पौडेल चुनाव जित्छु भन्नेमा आशावादी छन् । प्रस्तुत छ, चुनावकै सन्दर्भ पारेर आर्थिक आवाजले पौडेलसँग गरेको कुराकानीः

कास्की ३ बाट उम्मेदवारी दिनुभएको छ । कस्तो छ तयारी ? जित्छु भन्नेमा आशावादी हुनुहुन्छ ?

मैले कास्की ३ लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यता विकास भएको छ । मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु । आशावादी भएर नै चुनावी मैदामा उत्रिएका छौं ।

तपाईंका जित्ने आधारहरु के–के हुन् ?

jutta mela

राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला पुस्ताहरुले गरेको व्यवहारबाट नै हाम्रो जित्ने आधार तय भएको छ । हामी नयाँ भिजन र मिसनसहित चुनावी अभियानमा छौं । यो देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । त्यो राजनीतिक परिवर्तन खाली नेताहरुका लागि मात्रै भए जस्तो देखियो । जनताका लागि परिवर्तन कहिले आएन । त्यो हिसाबले अब राष्ट्रिय स्वतन्त्र पार्टीले जनताका परिवर्तनका लागि लड्छ । पार्टीको प्रतिबद्धता, नीति तथा योजना र हामीले यहाँ अगाडि सारेका विकासका योजना र नीतिहरु नै हामीले चुनाव जित्ने आधार हुन् ।

कास्की ३ का जनताले तपाईंलाई किन जिताउने ?

पोखरा महानगरपालिकाको नजिकै भए पनि कास्की क्षेत्र नं ३ धेरै दुर्गममा पर्दछ । म आफै पनि सामाजिक व्यक्ति भएको हिसाबले मैले धेरै पहिलादेखि गाउँका सडकहरु खन्ने क्रममा आफ्नो हैसियतले के–कति सकिन्छ सहयोग गरेको छु । माछापुच्छ«े गाउँपालिकामा २०५४ सालमा खनेका बाटोहरु, त्यो भन्दा विकास भएको मैले केही पनि देख्दिन । अन्नपूर्ण गाउँपालिकामा पनि त्यस्तै छ र त्यहाँ धेरै ग्रामीण सडकहरु छन् । तर, सडकहरु कहिले पनि बिस्तार भएका छैनन्, पानीको समस्या त्यस्तै छ । बेरोजगारीको समस्या पनि भयाबह छ फलस्वरुप यतिबेला एउटा युवा गाउँमा छैनन् । गाउँमा कसैको मृत्यु भयो भने उस्तै परे लास नै बासी बस्ने अवस्था छ । हामीसँग धेरै उत्पादन गर्ने ठाउँ भएर पनि कृषिमा आकर्षण बढाउन सकिएको छैन । धेरै नदी नालाहरु छन । धेरै वनजङ्गलहरु छन । धेरै जडीबुटीहरु छन् । यी सबैको सदुपयोग गर्नका लागि मैले मेरो एजेन्डाहरु लिएर जनतामा आएको छु । र, त्यहाँका जनताहरुले मलाई भोट दिनुहुन्छ । म जनताको सुखदुखको साथी बनेर काम गर्नेछु ।

आफ्ना मतदातालाई के भन्नुहुन्छ ?

राजनीतिले देश बिग्रियो, यस्तो राजनीतिले यो देश चल्न सक्दैन, हामीले ७० वर्षसम्म हे¥यौं भनेर कास्की क्षेत्र नं ३ मा रहनु भएका सम्पूर्ण जनताहरुले पटकैपिच्छे भन्नु भएको छ । अब हामीले नयाँ उम्मेदवारलाई जिताउँछौं भन्नुभएको छ । नयाँलाई हेर्छौं बाहिर मात्रै नभन्नुस् । अब साँच्चिकै तपाईंहरुले हेर्ने दिन आएको छ । उहाँहरुलाई गालीगलौच केही पनि नगरिदिनुस् । उहाँहरुको बाक्सा खाली पठाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराइ दिनुस् भन्ने मेरोे अपिल छ । तपाईंहरुका दुःख, पीडा, मर्कालाई बुझेर आगामी दिनमा सुखी जनता भएको देख्न चाहन्छु र म आफू पनि जनताको विश्वास जितेर काम गर्नेछु । अब नयाँ सोच र योजनासहित कास्की ३ लाई समृद्ध बनाउने अभियानमा हामील लाग्नेछौं ।

You might also like

Comments are closed.