तिहार नजिकिएसँगै जुत्ता एक्स्चेन्ज मेलामा ग्राहकको आकर्षण बढ्दै

काठमाडौं । चाडपर्वलाई लक्षित गरी आयोजना गरिएको ‘दसैं तिहार अफर तथा एक्स्चेनज अफर’ मेला जारी छ । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुुत्ता शोरुममा मेला आयोजना गरिएको हो ।

तिहार नजिकिएसँगै एक्स्चेन्जसहितको मेलामा ग्राहकहरुको आकर्षण बढ्दो रहेको संचालक प्रमोद महतोले जानकरी दिए । चाडपर्वको अवसरमा आयोजना गरिएको मेलामा पुरानो जस्तोसुकै जुत्तालाई ५ सय रुपैयाँ मूल्यांकन गरि एक्स्चेन्ज गरिने र नयाँ हरेक जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । ‘फुरानो जुत्ता फोहरमा फाल्नुको सट्टा एक्स्चेन्ज गर्दा धेरै ग्राहक लाभान्वित हुने गरेको हामीले पाएका छौं,’ उनले भने ।

सिंह दरबारतर्फबाट पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले दसैं, तिहार तथा छठसम्म लागु हुनेगरी एक्स्चेन्जसहितको मेला सुरु गरेका हुन् ।

चाडपर्वलाई लक्षित गरी शोरुममा चार वटा ब्राण्डका ५ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध रहेको स्मार्ट सुजका सञ्चालक जीवन श्रेष्ठले जानकारी दिए । ‘२ हजार भन्दा बढी मोडेलका जुत्ता चप्पल उपलब्ध छन्,’ उनले भने ।

कम्पनीले एक्स्चेन्ज अफरको आठौं संस्करणको मेला आयोजना गरेको हो । यस अघिका मेलाहरुमा ग्राहकको बढ्दो आकर्षणलाई देखेर नै यसपटक पनि मेलाको आयोजना गरिएको महतोले जानकारी दिए । ‘यस वर्ष पनि मेलामा ग्राहकको उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुल लगायतका जुत्ताहरु शोरुममा उपलब्ध छन् । ‘आधुनिक डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्,’ उनले भने, ‘एक्स्चेन्ज अफर तथा विशेष छुटसहितको मेलाबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’

You might also like

Comments are closed.