भ्रष्टाचार सहिन्न, भ्रष्टाचार गर्ने कसैलाई छोडिन्नः कँडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री तथा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ का उम्मेदवार माधवप्रसाद कँडेलले भ्रष्टाचार नसहने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् ।

भ्रष्टाचारसँगै मुलुकमा विकृति र विसंगति बढेको बताउँदै त्यसको अन्त्य हुनुपर्ने र मुलुकमा सुशासन कायम हुनुपर्ने कँडेलले बताए ।

jutta mela

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको अन्तरक्रियामा बोल्दै कँडेलले भ्रष्टाचार अन्त्यको अभियानसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको समेत जिकिर गरे ।

‘बढ्दो भ्रष्टाचारकै कारण मुलुक पछाडि परेको छ । अब भ्रष्टाचारलाई जरैबाट उखेल्नुपर्नेछ,’ उनले भने ।

You might also like

Comments are closed.