खानेपानीको समस्या दीर्घकालीन समाधान गर्ने कँडेलको प्रतिबद्धता

पोखरा । मंसिर ४ गते हुने आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका माधवप्रसाद कँडेलले अझैपनि कास्कीका विभिन्न गाउँमा खानेपानीको समस्या रहेकोप्रति दुःख व्यक्त गरेका छन् ।

पोखरा ३३ को भञ्जाङ, डाँडागाउँ र मनियल डाँडा, भर्ती पोखरा लगायत विभिन्न ठाउँमा खानेपानीको समस्या रहेको बताउँदै उनले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।

jutta mela

बिहीबार पोखरा ३३ का विभिन्न गाउँमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै कँडेलले हालसम्म पनि पानीको समस्यालाई समाधान गर्न अन्य जनप्रतिनिधिले चासो नदिएको गुनासो गरे ।

‘खोलाबाट तानेर ल्याइएको पानीको मिटर बिग्रिएको अवस्थामा बनाउन मात्रै ३०/४० हजार रुपैयाँ खर्च लाग्छ,’ उनले भने, ‘अब यहाँको खानेपानी समस्याको दीर्घकालीन समाधान गरी स्थानीयलाई लाभान्वित गराउन जरुरी छ ।’

गाउँमा सडक लगायत पूर्वाधार विकासमा पनि आफूले जोड दिने कँडेलले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

You might also like

Comments are closed.