वसन्त आधारभुत विद्यालयको ४५औँ वार्षिकोत्सव

तनहुँ, २१माघ
व्यास नगरपालिका वडा नं ११ सेरा स्थित वसन्त आधारभुत विद्यालयको ४५औँ वार्षिकोत्सव एंव अभिभावक दिवस सोमबार विविध कार्यक्रम गरी सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै व्यास नगरपालिका शिक्षा शाखा प्रमुख अम्बिका प्रसाद आचार्यले भौतिक संरचनासँगै शैक्षिक पक्षको गुणस्तरमा वृद्धि हुनुपर्नेमा जोड दिए । “सामुदायिक विद्यालयको जग कमजोर भएकाले नै पछि परेको हो, अव केही वर्ष जग निर्माणमा लाग्न आवश्यक छ उनले भने ”। विद्यालयको शैक्षिक अवस्था सुधारका लागी अभिभावकलाई सक्रिया बनाउने खलका कार्यक्रम आवश्यक हुन्छ, यसका लागी अभिभावक सुझाव पेटिकाको व्यवस्था लगायतका कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सुझाव दिए ।

नगर शिक्षा समितिबाट शिक्षा ऐन तर्जु अन्तिम चरणमा पुगेको र त्यो फाइनल भए पश्चात सामुदायिक विद्यालयको विकास र विस्तारमा मदत पुग्ने उनले विश्वास व्यक्त गरे । शैक्षिक सुधारका लागी शिक्षकहरुका लागी हाजिरी जवाफ, विद्यार्थीका नजरमा शिक्षक, शिक्षक लगबुक वितरण, शिक्षक महोत्सव, रिजल्ट सुधार योजना बनाएर विद्यालयहरुमा पठाउने लगायतका गतिविधि सम्पन्न गरीसेको आचार्यले जानकारी दिए । अभिभावकले छोराछोरीले अपेक्षित नतिजा प्राप्त नगरेको गुनासो मात्र गर्नुभन्दा पनि आफ्नो जिम्मेवारीबोध गर्न उनले आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पुर्व सहसचिव भैरवराज कैनी, स्थानीय समाजसेवी डम्बरदेव कैनी, पुर्व प्रअ विष्णुवहादुर अधिकारी, विद्यालयका पुर्व अध्यक्ष खडानन्द्र कैनी, राधामाधव समितिका अध्यक्ष राजेन्द्र अधिकारी, चण्डीका आधारभुतका प्रअ सुरेन्द्र अधिकारी, डिसु नेपालकी अध्यक्ष नोमा थापा, निर्मल माविका शिक्षक वृद्धिराज मिश्र,विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश आचार्य, पुर्व सदस्य हरिमाया कैनी, निवर्तमान प्रअ भैरव पन्थ, सहायक प्रअ सरला खनाल , शिक्षक खेमराज पोख्रेल, दिपा पन्थ, पुर्व शिक्षक बिष्णु भण्डारी विद्यार्थी दिक्षा थापा लगायतले विद्यालयका स्थापनाकाल देखी हालसम्मका शैक्षिक तथा भौतिक विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयकी प्रअ शर्मिला ओझा पौडेलले भौतिक, शैक्षिक, आर्थिक र व्यवस्थापन पक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा विद्यालयलाई विभिन्न रुपमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

मातापिताको नाममा अक्षयकोष स्थापना


वसन्त आधारभुत विद्यालयको ४५औँ वार्षिकोत्सव एंव अभिभावक दिवसको अवसरमा व्यास ११ सेरा घर भइ हाल व्यास–१ निवासी वृद्धिराज मिश्रले अक्षयकोष स्थापना गरेका छन् । स्वर्गीय पिता पदमपानी मिश्र र माता टिकामाया मिश्रको नाममा १ लाख १हजारको अक्षयकोष स्थापना गरेका हुन् । उक्त रकम माता टिकामाया मिश्र, जेठा छोरा नारायणदत्त मिश्र र कान्छा छोरा वृद्धिराज मिश्रले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै मिश्रले गरिब, जेहन्दार विद्यार्थीहरु छनोट गरी छात्रवृत्ति दिन विद्यालयलाई आग्रह गरे ।

You might also like

Comments are closed.