गणतन्त्रका स्वरुपहरु

श्रमिक जि.सी.

गणतान्त्रिक सरकारका स्वरुपहरु विभिन्न मोडेलका हुन्छन् । हामीले अपनाएको गणतन्त्रको मोडेल नै सहि हो भनेर बोल्नु एकांगाी र अपरिपक्व हुन्छ । गणतन्त्रात्मक सरकारका स्वरुप निम्न प्रकारका हुन सक्छन्ः

क, राष्ट्रपतीय गणतन्त्रः व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपतिले कार्यपालिकाको नेतृत्व गरेर सरकार र मन्त्रीहरुको नियुक्त गर्ने दक्षिण अमेरिका र अमेरिकी मोडेल ।

ख, अर्ध राष्ट्रपतीय गणतन्त्रः कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख व्यवस्थासहित अर्को एक छुट्टै औपचारिक प्रधानमन्त्री व्यवस्थापिकाप्रति उत्तरदायी भएर राष्ट्रपतिको विश्वासमा निर्भर हुने रसियाको मोडेल ।

ग, संसदीय गणतन्त्रः संसदले कार्यकारी प्रधानमन्त्री अथवा राष्ट्रपतिको निर्वाचन गर्ने भारतीय मोडेल ।

jutta mela

घ, एकदलीय गणतन्त्रः दलले निर्धारण गरेको सरकार प्रमुख अथवा दलको प्रमुख नै सर्वेसर्वा हुने सरकार र पार्टी दुवैमा एक दलको सर्वोच्च नेता गणतन्त्रको नायक हुने चीन र उत्तर कोरियाको मोडेल ।

यी सबैखाले गणतन्त्रको स्थापना आलंकारिक राजतन्त्र, संवैधानिक राजतन्त्र र पूर्ण राजतन्त्रलाई फालेर मात्र बनाइएको हुन्छ । ब्रुनाइ, ओमान र साउदी अरबमा पूर्ण राजतन्त्र छ । थाइल्याण्ड, जापानमा संवैधानिक राजतन्त्र छ भने अष्ट्रेलिया, क्यानडा लगायत पहिले बेलायतको उपनिवेशमा रहेका राज्यहरुमा आलंकारिक राजतन्त्र छ ।

राजतन्त्र भएका मुलुकहरुपनि सम्पन्न देखिन्छन् र गणतन्त्र भएका मुलुकपनि सम्पन्न नै देखिन्छन् । तर नेपालमा राजतन्त्र हुँदापनि सम्पन्नता देखिएन र गणतन्त्र आएको यति धेरै समयसम्म पनि सम्पन्नता आउने र भ्रष्टाचार रोकिने संकेत देखिदैन । तसर्थ राजतन्त्र वा गणतन्त्र भएको व्यवस्था मात्र विकासको वाधक होइन रहेछ । प्रत्यक्ष निर्वाचनद्वारा राष्ट्रको कार्यकारी राष्ट्रप्रमुख छान्ने गणतन्त्रको विकास नेपाली राजनीतिले चाहेको विषय हो । नेताहरुको इच्छाशक्ति, दुरदर्शिता र इमान्दारिता नै विकासको मूल मन्त्र रहेछन् ।

यी तीन वटा मूलमन्त्र बोकेर म श्रमिक जि.सी. लालटिन चुनाव चिन्ह लिएर नीति निर्माणको तहमा गएर देश विकास गर्न कास्कीको क्षेत्र ‘ख’ मा प्रदेश सांसदको उम्मेदवारको रुपमा उभिएको छु । तपाईंको एक भोटले देश बदलिन सक्छ।

You might also like

Comments are closed.