नारायण बजाज
प्रबन्ध निर्देशक, ग्लोवल रिच
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई बिगत २८ वर्षदेखि ग्लोबल रिचले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले नेपालमा सन् २००७ बाट नेपालमा र सन् २०१५ देखि पोखराबाट समेत सेवा प्रदान गरिरहेको छ । ग्लोबल रिचका विशेषता, परामर्श व्यवसाय लगायत विविध विषयमा केन्द्रित रहेर कम्पनीका प्रवन्ध निर्देशक नारायण बजाजसँग आर्थिक आवाजले गरेको कुराकानीः
ग्लोबल रिच कहिले स्थापना भयो ?
ग्लोबल रिच स्थापना भएको २८ वर्ष भइसकेको छ । नेपालमा भने सन् २००७ देखि संचालनमा ल्याएका हौं । पोखरा शाखा २०१५ बाट सञ्चालन गरेका हौं । छोटो समयमा नै नेपालमा ग्लोबल रिच ब्राण्डको रुपमा स्थापित भइसकेको छ । अष्ट्रेलिया र नेपालमा मात्र नभई दक्षिण एसियाली देशहरुमा पनि ग्लोबल रिच लोकप्रिय बनेको छ । धेरै मेहनत गरेर नै हामी यो अवस्थामा आएका हौं ।
ग्लोबल रिच सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?
नेपालबाट विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सहज होस भनेर हामीले नेपालमा शाखा स्थापना गरेका हौं । अष्ट्रेलिया लगायत विभिन्न देशमा जान चाहे विद्यार्थीलाई हामी परामर्श प्रदान गर्छौं । अहिले विद्यार्थीको बीचमा अष्ट्रेलिया लोकप्रिय बनेको छ ।
ग्लोबल रिचका विशेषताहरु केके छन् ?
विद्यार्थीलाई सहज तरिकाले सही तथा सत्य तथ्य जानकारी हामीले दिदै आइरहेका छौं । हामीले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेका छौं । सेवा हेरेर नै ब्राण्ड स्थापित हुने हो । विद्यार्थी तथा अभिभावकको बीचमा हामी लोकप्रिय बन्न सफल भएका छौं । पोखरामा पनि हामी सफल छौं । काठमाडौं भन्दा पोखरामा काम गर्न पनि केही सहज छ । विद्यार्थीको इच्छा, चाहना, रुची तथा आर्थिक अवस्था अनुसार हामी कलेज तथा युनिभर्सिटी छान्न सहयोग गर्छौं । त्यसै अनुसार परामर्श दिन्छौं । अष्ट्रेलियामा अध्यापन हुने कोर्ष तथा विषयमा बारेमा जानकारी दिन्छौं र छनोट गर्न भन्छौं । छात्रवृत्ति लगायत कलेज तथा युनिभर्सिटीका नीति नियम तथा विशेषताबारे बताउछौं । नेपालमा मात्र नभई अष्ट्रेलिया पुगेपछि पनि हामी विद्यार्थीलाई सहयोग गर्छौं । अभिभावकीय भुमिका निर्वाह गर्छौं । विद्यार्थीसँग कुनै सेवा शुल्क लिदैनौं । समय समयमा सेमिनार तथा फेयर आयोजना गर्ने गरेका छौं । अष्ट्रेलियामा रहेका ४२ युनिभर्सिटीसँग हाम्रो सम्वन्ध छ । ती युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएर काम गरिरहेका छौं ।
भिजा सक्सेस रेट कस्तो छ ?
विगत १ वर्षदेखि अष्ट्रेलियन सरकारले अनलाइन भिसा सिस्टम ल्याएको छ । यसमा लेभल वान, टु, थ्रि गरेर क्याटागोरी छुट्याइएको छ । लेभल वान भनेको लो रिस्कड क्याटागोरी हो । नेपाल अहिले लेभल टु मा छ । प्राइभेट कलेजतर्फ जान चाहनेहरुको भिजा रिजेक्ट रेट बढ्दै छ । ग्लोबल रिचको भिसा सक्सेट रेट राम्रो छ ।
विद्यार्थीको रोजाइमा अष्ट्रेलिया पर्नुको कारण के हो ?
अमेरिका पनि विद्यार्थीको रोजाईमा नपर्ने होइन । तर अहिले अष्ट्रेलिया प्रति विद्यार्थीको आकर्षण बढ्नुका विभिन्न कारण छन् । अष्ट्रेलियाको पोलिसीका कारण पनि विद्यार्थी जाने रेट बढेको हो । अमेरिका भन्दा अष्ट्रेलिया सस्तो छ । अमेरिकी डलर र अष्ट्रेलियन डलरको तुलना गर्ने हो भने अष्ट्रेलियन डलर करिव ३० प्रतिशत सस्तो छ । यस कारण ट्युसन फि पनि अमेरिकाको तुलनामा अष्ट्रलियामा सस्तो पर्न जान्छ । कामको लागि पनि अष्ट्रेलिया सहज छ । पिआरको प्रक्रिया पनि केही सहज छ । भविष्य पनि सुनिश्चित छ ।
कन्सल्टेन्सीले विदेश पलायन बढाएका छन् भन्ने सुनिन्छ नि ?
अध्ययनको लागि विद्यार्थी विदेश जानु पलायन होइन । शिक्षाको लागि जहाँ राम्रो छ विद्यार्थी त्यही जाने हो । अध्ययन पछि कामको अवसर पनि भएकाले विद्यार्थी जाने हो ।
कन्सल्टेन्सी व्यवसाय प्रति आर्कषण बढेको छ, यसलाई के भन्नुहुन्छ ?
कन्सल्टेन्सी एक किसिमको मार्केटिङ कम्पनी हो । कलेज तथा युनिभर्सिटीको कोर्षलाई मार्केटिङ गरिएको हो । कम लगानीमा यसलाई शुरु गर्न सकिन्छ । अहिले युवा पुस्ताको बीचमा कन्सल्टेन्सी व्यवसाय लोकप्रिय बनेको छ । काठमाडौंमा करिव २ हजारको हाराहारीमा कन्सल्टेन्सी छन् । पोखरा लगायत अन्य शहरमा पनि कन्सल्टेन्सी बढेका छन् । व्यवसाय गर्नु राम्रो हो तर स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ ।
Comments are closed.