कास्की २ मा ५२७६ मत गणना हुँदा यस्तो छ पछिल्लो अवस्था

पोखरा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । पोखरा १५ को मतगणना सकिएको जनाइएको छ ।

पछिल्लो परिणाम अनुसार पोखरा १५ मा खसेको कुल मत ५२७६ मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई कन्टी चिन्हमा १५२२ मत प्राप्त भएको छ ।

jutta mela

एमाले उम्मेदवार विद्या भट्टराईलाई सूर्यमा १२७६ मत प्राप्त भएको छ ।

त्यस्तै कलममा ८६९, हलोमा ८६० मत प्राप्त भएको छ ।

You might also like

Comments are closed.