आर्थिक आवाज
पोखरा, १ फागुन । पोखराको न्युरोडस्थित गिरी कम्प्लेक्समा सञ्चालित युनाइटेड रेफरेन्स ल्याब्रोरेटोरी प्रालि (युआरएल)ले तनहुँको दुलेगौंडामा शाखा स्थापना गरेको छ । सेवा सुरु गरेको शाखाको औपचारिक उद्घाटन भने यही फागुन १८ गते शनिबार हुनेछ ।
‘स्वास्थ्य शिविरसहित दुलेगौंडा शाखाको औपचारिक उद्घाटन गर्नेछौं,’ युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले भने, ‘शाखाले सेवा भने सुरु गरिसकेको छ ।’ दुलेगौंडा, गाछेपानी, कोत्रे, बेलचौतारा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु तथा दुलगौंडा र खैरेनीटार वरपरका गाउँलाई लक्षित गरी शाखा स्थापना गरिएको पन्तले जानकारी दिए ।
त्यस क्षेत्रमा रहेका हस्पिटल, पोलिक्लिनिक र क्लिनिकमा सेवारत चिकित्सक, स्वास्थ्यकर्मी लगायत समग्र सेवाग्राही तथा शुभेच्छुकहरुको सल्लााह र सुझाबलाई मध्यनजर गर्दै युआरएलको शाखा शुक्लागण्डकी नगरपालिका ४ स्थित दुलेगौंडा बजारको सेवा सपिङ कम्प्लेक्सबाट स्थापना गरिएको पन्तले आर्थिक आवाजलाई जानकारी दिए । यस अगाडि युआरएलले तनहुँको दमौलीमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.