पोखरा,१ फागुन
लियो क्लब अफ तनहुँले दोस्रो लियो कप आयोजना गर्ने भएको छ । यही फागुन ३ र ४ मा दमौलीको खेलमैदानमा हुने लियो कप बारे बुधबार क्लबले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
तनहुँको दमौलीमा रहेका विभिन्न अन्तराष्ट्रिय क्लबहरु बीच भाइचारा र खेलकुदको माध्यमबाट सामाजिक काम गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार र दोस्रो हुने टिमले १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । जसमध्य प्रथम पुरस्कारबाट १० हजार र दोस्रो पुरस्कारबाट ५ हजार भिन्न क्षमता भएका बालबालिका लाई सहयोग गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रथम पुरस्कारबाट १० हजार सिन्धु आधारभुत विद्यालय सांगे र दोस्रो पुरस्कारबाट ५ हजार व्यास(१ मा रहेको बुद्ध दाहाल प्रावि लाई दिने क्लबले निर्णय गरेको छ । उक्त प्रतियोगितामा लायन्स, लियो, रोटरी, रोट्रयाक्ट, जेसिस र पत्रकार महासंघ गरि १० टिमको सहभागिता रहने खेल संयोजक सुनिल मिश्रले जानकारी दिए । लियो क्लबको वार्षिक कार्यक्रम अन्तर्गत गरिन लागेको उक्त प्रतियोगितामा २ लाख ९० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएका छ्न । खेलको लागि विभिन्न लायन्स क्लबले सहयोग गर्ने क्रम जारी छ र व्यास नगरपालिकाले ४० हजार सहयोग गरेको क्लबले जनाएको छ ।
Comments are closed.