नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता

तनहुँ ३ फागुन

व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा दमौली तनहुँले शुक्रवार नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शिक्षा शाखाले सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत हाम्रो “शिक्षक राम्रो शिक्षक” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

कार्यक्रममा व्यास नगरपालिकाका १८ सामुदायिक विद्यालयका २० जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । जसमा सत्यवती माविका नविन ढकाल प्रथम भएका छन् त्यस्तै जनजागृति गंगा मावि पोखरीभञ्याङ्की रेखा सुनाम द्धितीय, माहेन्द्री मावि झिनुवाटरका बलराम खनाल तृतीय र क्यामिन मावि कलेस्तीका सन्देश न्यौपाने सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय , तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमश ५, ४, ३ र १ हजार नगद पुस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रतिस्पर्धा र प्रविधिको युग भएकाले आजको आवश्यकता व्यवहारिक र प्राविधिक शिक्षा भएको बताए । राम्रो शैक्षिक उपलब्धी हासिल गर्न शिक्षक जिम्मेवार हुनुपर्ने न्यौपानेको भनाइ थियो । उनले विद्यार्थीको मनोविज्ञान र क्षमता बुझेर सोही अनुसार शिक्षण गर्न शिक्षकहरुलाई अग्राह गरे ।

विद्यार्थीको नजरमा शिक्षक सम्बन्धी धारणा बुझन् र सामुदायिक विद्यालयको सिकाई उपलब्धी शत प्रतिशतको हराहरीमा पु¥याउने उद्देश्यले शिक्षा शाखाले विविध कार्यक्रम गर्दै आएको शिक्षा शाखा प्रमुख अम्बिका आचार्यले जानकारी दिए ।

“विगतका दिनमा सञ्चालन भएका शैक्षिक गतिविधि, कार्यक्रम र क्रियाकलापबाट अपेक्षित उपलब्धी प्राप्त नभएकाले आकर्षक नतिजा पाउन नयाँ ढंगका कार्यक्रम सञ्चालन गनुपर्ने आवश्यकता महसुस गरी त्यस्ता कार्यक्रम ल्याइएको हो” आचार्यले भने । विद्यार्थीले कस्ता शिक्षक चाहन्छन् ? कस्तो शिक्षण विधि र प्रवधि चाहन्छन् ? भन्ने बुझन् पनि यो कार्यक्रम आयोजना गरिएको आचार्यले बताए । कार्यक्रममा विद्यार्थीबाट प्रस्तुत भएका आशा र अपेक्षा चैत्र २० र २१ गते हुने शिक्षक महोत्सवमा पेश गरी सोही अनुसार शिक्षण गर्न निर्देशन दिइने आचार्यले जानकारी दिए ।

कार्यक्रमा विद्यार्थीहरुले प्राविधिक तथा व्यवहारिक शिक्षा, विद्यालय राजनीति गर्न नहुने शिक्षक नियमित हुनुपर्ने, असल आचारणको हुनुपर्ने लगायतका माग राखेका थिए ।
व्यास नगरपालिका उपप्रमुख मिरा जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्रोतव्यक्ति समाज गण्डकी प्रदेशका संयोजक हुतमणि अधिकारी, स्रोतव्यक्ति नारायण दत्त पौडेल लगायतले बोलेका थिए । त्यस्तै विद्यार्थीको मुल्याङ्कन विद्यालय निरिक्षक रामेश्वर लामिछाने, स्रोतव्यक्ति वेदनाथ पौडेल र पुर्व स्रोतव्यक्ति सुर्यभक्त वाग्लेले गरेका थिए ।

You might also like

Comments are closed.