पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च मावि आजबाट ३५ वर्ष पुरा भइ ३६औं वर्षमा प्रवेश गरेको छ । विविध कार्यक्रम गरी विद्यालयले वार्षिकोत्सव मनाएको छ । यसैक्रममा विद्यालयका अध्यक्ष अशोक पालिखेसँग गरिएको कुराकानीः
स्कूलको ३६औं वार्षिकोत्सव मनाइरहँदा यो बीचको समयलाई कसरी सम्झिनु हुन्छ ?
पुस २ गते हाम्रो कुमुदिनी होम्स उच्च माविको ३६औं वार्षिकोत्सव हो । आजदेखि हामी ३६औं वर्षमा प्रवेश गरेका छौं । स्कुल २०४४ साल पुस २ गते यसको स्थापना भएको थियो । विभिन्न उतारचढावका बीच हामी आजको स्थानमा आइपुगेका छौं । वार्षिकोत्सवमा हामीले हाम्रा सम्पूर्ण शुभचिन्तक, शुभेच्छुक, अभिभावक एवं सबैलाई सम्झेका छौं ।
वार्षिकोत्सवको अवसरमा के कस्ता कार्यक्रम गर्दैहुनुहुन्छ ?
आज हामीले विशेषगरी विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरेका छौं । कोभिड संक्रमणका कारण हामीले ३४औं र ३५औं वार्षिकोत्सव मनाउन पाएनौं । अहिले हामी २ वर्ष पछि भव्य रुपमा मनाइरहेका छौं । आज हामीले २०७८ सालमा एकेडेमिक लेभल नर्सरीदेखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेका छौं । विद्यालयमा विभिन्न उत्कृष्ट गतिविधि गर्ने विद्यार्थीहरुलाई पुरस्कृत, एसईईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेका छौं । कक्षा १२ मा उत्कृष्ट हुने साइन्सको एक जना र म्यानेजमेन्टको एक विद्यार्थीलाई पनि हामीले पुरस्कृत गरेका छौं । स्पोर्ट स्टार अफ द इयर ब्वाइज एण्ड गल्र्स, डान्सिङ स्टार ब्वाइज एण्ड गल्र्स, वेस्ट आर्टिस्ट, वेस्ट म्यूजिक अवार्ड पनि वितरण गरेका छौं ।
विद्यालयमा लामो समयदेखि राम्रो काम गरिरहेका ड्राइभर मध्यमा एक जना, सिस्टरहरु मध्यमा एक जना, स्टाफहरुमा अलराउन्डर एक जनालाई पुरस्कृत गरेका छौं । २०७८÷७९ मा हामीले कास्की जिल्लामा साइन्स र म्यानेजमेन्टमा उत्कृष्ट रिजल्ट निकालेका छौं । समिक्षा केसी हाम्रो २०७८ सालको विद्यार्थी अहिले अमेरिकामा स्कलरसिपमा पढिरनुभएको छ । ब्लिस ढकाल अहिले पोखरा युनिर्भसिटीमा इन्जिसियरिङमा स्कलरसिपमा पढिरहनुभएको छ । राजिव सिंह पोखरा इन्जिनियरिङ कलेजमा स्कलरसिपमा पढिरहनुभएको छ । आयुष्मान अमात्य टोकियोको युनिर्भसिटीमा स्कलरसिपमा पढिरहनुभएको छ । २०७९ को ब्याचमा सुमिना श्रेष्ठले पोखरा युनिर्भसिटीको अहिले इन्जिनियरिङमा स्कलरसिपमा नाम निकाल्नुभएको छ । एसईईमा पनि राम्रो रिजल्ट आएको छ । २०७९ कै व्याचमा सलोन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युटमा टप ३० मा नाम निकाल्न सफल हुनुभएको छ । विभिन्न विद्यालय तथा विद्यार्थीलाई सहयोग पनि गरेका छौं ।
अपांगमैत्री समाज भण्डारढिकलाई न्यानो कपडा सहयोग, मानवमीलन केन्द्रमा खाद्यान्न वितरण लगायतका गतिविधि गरेका छौं । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विभिन्न कार्यक्रम हामीले वार्षिकोत्सवको अवसरमा सम्पन्न गरिसकेका छौं र आगामी दिनमा पनि गर्नेछौं । विद्यालयमा विगत २८ वर्षदेखि अविछिन्न रुपमा सेवा गरिरहनुभएका भाइस प्रिन्सिपल मनबहादुर भुजेललाई मायाको चिनो, नगद पुरस्कार र दोसल्लाले सम्मान गरेका छौं ।
विद्यालयमा अध्ययन अध्यापनसँगै अन्य के-कस्ता गतिविधि भइरहेका छन् ?
औपचारिक शिक्षा मात्र नभई अन्य अतिरिक्त क्रियाकलाप पनि विद्यालयमा संचालन हुने गरेका छन् जसले विद्यार्थीका प्रतिभा पहिचान तथा प्रस्फुटन गर्न सहयोग पुग्छ । हाजिरीजवाफ प्रतियोगिता, खेलकुदका गतिविधि, गायन तथा नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता लगायत विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् ।
विभिन्न प्रतियोगितामा विद्यार्थीले कला तथा प्रतिभा प्रर्दशन गरि उत्कृष्ट बन्न सफल हुनुभएको छ । जसमा विद्यार्थीले नगद पुस्कारसहति विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । चित्रकला, खेलकुद, नृत्य, हरेक क्रियाकलापमा सहभागी भएर पुरस्कार ल्याउने गर्नुभएको छ । यसले पनि हामीलाई गौरव बढाएको छ ।
पोखरामा धेरै विद्यालय छन् । विद्यार्थी पढ्नका लागि कुमुदिनी होम्समा नै किन आउने ?
जुनसुकै काम गरेपनि त्यसमा ध्यान दिएर गर्नुपर्छ । देखाउनका लागि मात्र नभई राम्रो नतिजाका लागि काम गर्नुपर्छ । हामी सोही अनुसार काम गर्छौं । हामीसँग दक्ष तथा अनुभवी शिक्षक तथा कर्मचारी हुनुहुन्छ । शिक्षक, विद्यार्थी र अभिभावकको अथक मेहनतले नै विद्यालय हरेक कुरामा सफल भएको छ । शिक्षक तथा कर्मचारीलाई समयसमयमा तालिम, गोष्ठी तथा सेमिनारको आयोजना पनि गर्ने गरेका छौं । नविनतम विधी तथा प्रविधीको प्रयोग गरि अध्यापन गर्नका लागि हामी शिक्षकलाई प्रेरित गर्छौ । हामी उत्कृष्ट विद्यालय बन्न सफल छौं । विद्यार्थीमैत्री वातावरण विद्यालयमा छ भने शिक्षण पनि नविनतम विधी तथा प्रविधीको प्रयोग हुने गरेको छ ।
विद्यालयको भौतिक संरचनामा तपाईंहरुको लगानी राम्रो छ । विद्यालयका अन्य विशेषताहरु के-के छन् ?
करिव ८ रोपनी जग्गामा विद्यालय छ । हामीले विद्यालय भवन मात्र बनाएका छैनौं त्यसमा संस्कृति पनि झल्काएका छौं । करिव २ सय वर्ष पुराना संस्कृति झल्कने खालका झ्याल ढोका राखेका छौं । यसलाई सम्पदाको रुपमा विकास गर्ने हाम्रो उद्देश्य छ । जेके आर्ट म्युजियम पनि विद्यालयमा छ । चित्रकलाको संकलन र संरक्षण गरेका छौं । चतुररत्न नेपाली, नेपालकै पहिलो विएफए गरेका कलाकारदेखि अहिलेका नाम चलेका कलाकारको पेन्टिङ राखेका छौं । करिव ३ सय भन्दा धेरै पेन्टिङ छन् । विद्यालयलाई घर कै रुपमा हामीले विकास गरेका छौं । पर्यावरण जोगाउनुपर्छ भन्ने सन्देश दिनका लागि विद्यालय परिसरमा विरुवा पनि रोपेका छौं । हरेक विरुवामा त्यस वायोलोजिकल र साइन्टिफिक नाम लेखेका छौं ।
इन्टरनेशनल प्राइमरी करिकुलम चलाएका छौं । नेपालमा काठमाडौं उपत्यका बाहिर हामीले चलाएका हौं । कक्षा १ देखि ६ कक्षा सम्म ये कोर्ष संचालन गरेका छौं । न्युजिल्याण्डको कम्प्युटर कोर्षहरु पनि हामीले संचालन गरिरहेका छौं । कोभिडको समयमा अनलाईन कक्षा संचालन गर्यौं । जसकाकारण विद्यार्थीमा आइटीको ज्ञान पनि बढेको छ । नयाँ भन्दा नयाँ कुरा कसरी सिकाउने भन्नेतिर नै हामी लागिरहेका छौं । समय सापेक्ष रुपमा आउने नयाँ कुरालाई हामी लागु गर्नेछौं ।
विद्यार्थी र शिक्षक तथा कर्मचारीको संख्या कति छ ?
नर्सरीदेखि प्लसटु सम्म करिव १ हजार ३ सय जना विद्यार्थी हुनुहुन्छ । ९० जना शिक्षक र ४० जना कर्मचारी हुनुुहन्छ ।
विद्यार्थी एवं अभिभावकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अभिभावक पनि हामीसँग सन्तुष्ट हुनुहन्छ । उहाँहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौं । समय समयमा हामीलाई सल्लाह र सुझाव पनि दिनुुहुन्छ । अभिभावकको रेखदेख, विद्यार्थीको मेहनत र शिक्षकका लगनशिलताले नै हामी सफल भएका हौं ।
Comments are closed.