दृष्टिविहिन नमुना वचत समूहको ११ औँ साधारण सभा

पोखरा,४फागुन
नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना वचत समूहको ११ आँै साधारण सभा नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीको कार्यालय पोखरामा शनिबार सम्पन्न भएको छ ।

समूहका अध्यक्ष विन्दुमाया आलेको अध्यक्षता तथा दृष्टिविहिन कल्याण संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले समूहको आर्थिक तथा प्रगति प्रतिवेदन समेत पारित गरेको छ । साधारण सभामा समूहका सदस्य दण्डपाडी ढकाल, कोषाध्यक्ष नविन भट्टराई, सचिव कुमार पुन, नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीका सह कोषाध्यक्ष गिरधारी सुवेदी, सचिव टेकमान प्रधानाङ्ग, नेत्रहिन संघ कास्कीका कोषाध्यक्ष अमृत बराल, सचिव शोभा पौडेल, लगायतले बोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दृष्टिविहिन कल्याण संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गले दृष्टिविहिनहरुको समग्र सहजता र प्रगतिका लागि हातमा हात काँधमा काँध मिलाएर अघि बढ्न आफू र आफ्नो संस्था प्रतिवद्ध रहेको कुरा बताउँदै दृष्टिविहिनहरुको समृद्धिका लागि सघाउन समेत संवद्ध पक्षलाई आह्वान गरे । समूहका अध्यक्ष विन्दुमाया आलेले दृष्टिविहिन व्यक्तिहरुको आर्थिक शसक्तिकरण र व्यवहारिक सरलताका लागि ११ वर्ष पहिले गठित समूहमा १०० भन्दा बढी दृष्टिविहिन तथा उनीहरुका अभिभावकहरु समूहमा आवद्ध भई आर्थिक कारोबार गरिरहेका कुरा बताइन । उनले आफ्नो समूहलाई स्थानीय तथा प्रदेश तहले समेत सघाउनुपर्ने कुरामा जोड दिइन ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.