सडक महोत्सव, खाना र संस्कृति

गणेशबहादुर भट्टराई

म क्रिसमस मनाउन गोवा गएको थिएँ । त्यही हुँदा मैले गोवा फेस्टिवलको निमन्त्रणा पाएँ । त्यहींबाट गोवा फेस्टिवल हेर्न गएँ । गोवामा फुड, कल्चर उनीहरुको हस्तकलालाई एकदमै महत्व दिएर विभिन्न साँस्कृतिक कार्यक्रम गरेको मैले त्यहाँ देखेको थिएँ । त्यही सन्दर्भमा दिवङगत राजा वीरेन्द्रले पनि पोखरामा यसबेला किन पर्यटक कम हुन्छन् ? के गरी पर्यटकको बसाईंलाई लम्ब्याउन सकिन्छ ? कसरी उनीहरुलाई आकर्षित गर्न सकिन्छ भन्ने उहाँका शब्द र प्रश्नले मलाई कौतुहलता मच्चाएको थियो ।

यसैबीचमा हामीले पनि पोखरामा केही न केही महोत्सव सुरु गर्नुपर्छ भन्ने सोच्यौं । रेवानका संस्थापक अध्यक्ष हरिप्रसाद गिरी हुनुहुन्थ्यो । म उपाध्यक्ष थिएँ । सन् १९९८ मा हामीले तत्कालिन हङ्ग्री आई रेष्टुरेण्ट बाराही चोकबाट टि-टाइमसम्मको दूरीमा कोकाकोलालाई स्पोन्सर गरेर महोत्सव सुरु ग¥यौं । त्यसपछि विस्तारै हामीले वृहत् महोत्सव गर्ने सल्लाह ग¥र्यौं । त्यसबेला हामीलाई पोखरा विस्तारै शहरीकरण हुँदैछ । यो विविध संस्कृति र संसारभरिका मानिस घुम्न आउने ठाउँ र अवसर हो । यस आपसी सदभाव र आतिथ्यता एकदमै जरुरी छ । जातीय झगडा लडाईंले कुनै पनि देशको विकास हुँदैन भन्ने कुरा हामी सबै रेवानका साथीहरुलाई लागिरहेको थियो । त्यसपछि हामी सबैको सल्लाहबाट सामाजिक सदभाव पनि कायम हुने, सबै जातजातिको पहिरन, भेषभुषा पनि देखाउन पाइने, उहाँहरुले पस्किने विभिन्न व्यञ्जनका परिकारहरु पनि देखाउन पाइने र जातीय झगडाभन्दा जातजातिका विभिन्न तयारी र उत्पादनमा जानुपर्छ । हाम्रो उत्पादन के हो ? हाम्रो जातले बनाउने हस्तकलाहरु के-के हुन् ? अन्य वस्तुहरु के-के हुन ? त्यसको प्रतिस्पर्धा गराउनुपर्छ भन्ने लाग्यो । यस्ता कार्यक्रमले विविध संस्कृति एकै ठाउँमा हेर्न विदेशीहरु लालायित हुन्छन् । हामीबीचमा सोसल हार्मोनी विकास हुन्छ भन्ने लाग्यो । यसका साथै कला संस्कृतिको पनि संरक्षण र विभिन्न जातजातिबीचको सद्भावलाई असाध्यै महत्वपूर्ण भूमिका खेल्ने भएकाले हामीले यसको आयोजना ग¥र्यौ । बीचमा सडक नाटकहरु देखाउने यहाँका व्यक्ति विशेषलाई लिएर, कहिले टानको क्रियाकलापहरु देखाउने, वृत्तचित्र, मुभीहरु देखाउने ग¥र्यौ । यसले समाजमा जनचेतना जोगाउन मद्दत गर्यो । सँगसँगै हामीले नेपालबाट निर्यात हुने हस्तकला के–के होे भन्ने खोज्यौं । हाम्रो व्यापार घाटालाई सन्तुलन गर्न, आयात घटाउन र निर्यात बढाउन पनि यस्ता खालका मेला महोत्सव र हस्तकलाको सामानलाई हामीले महत्व दिनुपर्छ भन्ने भयो । पर्यटन क्षेत्रमा खपत हुने ८० प्रतिशत सामान अहिले बाहिरबाट आयात गर्छौं । ८० प्रतिशत सामान बाहिरबाट ल्याएर टुरिजमबाट आउने नाफा के हुन सक्छ ? जति टुरिष्टहरुले यहाँ खर्च गर्छन् त्यति बाहिर जान्छ । त्यसलाई रोक्न पनि स्थानीय, प्रदेश, सङघीय सरकार, नेपाल टुरिजम वोर्ड, घरेलु उद्योग कार्यालय हामी सबैले मिलेर हाम्रो उत्पादन बढाउनुपर्छ भन्नेतर्फ लाग्यौं । हामीले यसलाई मिनी एक्सपोको रुपमा लिएर नेपालमा उत्पादन भएका सामान के के हुन ? हाम्रो ग्रामिण बस्तिमा हुने के-के हुन् ? भन्ने कुरा घरेलु तथा सानो उद्योगका उद्यमी आएर अन्य उत्पादन हेर्न सक्छन् । सिक्नेहरुका लागि यो शैक्षिक भ्रमण पनि हो ।

अलि राम्रो गुणस्तरीय सामान उत्पादन गर्न सके भने मैले पनि विदेशी बजारमा निर्यात गर्न सकेभने आज सय रुपैयाँको सामानलाई तीन सय रुपैयाँमा दिन सक्छु भन्ने किसिमको जनचेतनाले प्रभाव पार्न सकिन्छ । मान्छेहरुले यो मेला भनेको आउने, खाने, रमाइलो गर्ने भन्ने बुझेका छन् तर यसले त्यति मात्रै होइन कि यो धेरै कुरा सिक्ने थलो पनि हो ।

हामी एउटा सामाजमा बसेका छौं । त्यसपछि हामीलाई चाहिने उत्पादन कसरी बढाउने र आयात घटाएर निर्यात कसरी गर्ने भन्ने तर्फ पनि यो केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यही हिसाबले हामी अगाडि बढेका छोंैं । कोभिड अनि विभिन्न द्वन्द्वका बीचमा पनि हामीले यसलाई निरन्तरता दिएका छौं । यसलाई सरकारले केन्द्रीय स्तरबाट पाइलट प्रोजेक्ट बनाउनुपर्छ । यसमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि यहाँको सोसल हार्मेनी हेर्न आउन सक्छन् तर हामीले ल्याउन सकेका छैनौं । मनाङ, मुस्ताङ, पूर्व र पश्चिमको मानिस र त्यहाँको उत्पादन आउन प¥यो । अहिले हाम्रो प्रदेशकै सबै जिल्लाको लाई पनि जुटाउन सकिरहेका छैनौं । गण्डकी प्रदेशका सबैलाई यहाँ आउने वातावरण बनानुपर्छ । हाम्रा गाउँका होमस्टेहरु पनि आउनुपर्छ । यसलाई साझा बनाउन रेवानले रेवान स्ट्रिट फेस्टिवलबाट पोखरा सडक महोत्सव बनायौ । सबैको साझा भन्नका लागि हामीले पोखराको बनायौं ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुने फेस्टिवलमा जुनरुपले यहाँको सरकारले यसलाई अपनत्व गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । हामीले त्यसको प्रतिक्षा गरिरहेका छौं । उहाँहरुले नै अन्य प्रदेशको साथीहरुलाई पनि त्यहाँ भएका उत्पादन, संस्कृतिलाई यहाँ ल्याइदिन मद्दत गर्नुपर्ने हो । तर, यो खाली रेवानको जिम्मा हो, रेवानको कार्य समितिले गर्छ भन्ने सोचाइ छ । यहाँ आउने पर्यटकबाट खाली रेवानले मात्रै व्यवसाय गरेको छैन । यहाँको स्थानीय अर्थतन्त्रमा पनि यसको प्रभाव छ । यस क्षेत्रमै परेको र पर्न सक्ने प्रभाव छ जसलाई सबैले बुझ्न जरुरी छ । यहाँ त खाली व्यापार लेक साइडमा गरेका छौं । तर, लेकसाइडमा खपत हुने सामानहरु लेकसाइडमा मात्रै नभएर वरिपरि मात्रै नभएर देशभित्र उत्पादित सामान बिकेका छन् । देश बाहिरको सामान पनि बिकेको छ । यसतर्फ प्रदेश सरकारको ध्यान जान जरुरी छ । उहाँहरु यसमा नकारात्मक हुनुहुन्न । सकारात्मक हुनुहन्छ । तर पनि गर्नुपर्ने सहयोग गर्नु भएको छैन । हामीले उहाँहरुको ‘प्रो एक्टिभ सपोर्ट’ चाहेका छौं । जबसम्म प्रो एक्टिभ एप्रोच र सपोर्ट हुँदैन तबसम्म हामीले भनेको जस्तो ‘हन्ड्रेड पर्सेन्ट’ परिणाम पाउन सक्दैनौ । हामीले राष्ट्रिय मात्रै नभइ हाम्रा मित्र राष्ट्रका सामानहरु, उनीहरुका संस्कृति र हस्तकलाका सामानहरु यहाँ ल्यायौं भने सस्तो मूल्यमा हाम्रा मानिसले किन्न पाउँनुहुन्छ ।

खानपीनको हिसाबले पोखरा राम्रो सहर बनिसकेको छ । त्यसकारण अझै हामीले विभिन्न देशका खाना र संस्कृति ल्याएर भाइचारा विकास गर्न सक्यौं भने यो फेस्टिवलमा आउने मानिसहरुले उहाँहरुको देशमा पनि प्रचार गर्नुहुन्छ । यता आएकाले उता उता गएकाले यताको प्रचार हुन्छ । यसबाट दुवै पक्षलाई फाइदा पुग्ने काम हामीले गर्नुपर्छ । त्यसैले अब नेपाल टुरिजम वोर्डले यसमा श्राद्धकर्म गरेको जस्तो मात्रै सहभागी हुनु भएन । पोखरा पनि अब महानगरपालिका बनिसकेको छ । उ पनि अब पूरा सक्रियतापूर्वक आउनुप¥यो । सबैले रेवानको कार्यक्रमलाई राष्ट्रिय मात्रै नभई यसलाई अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइजेसन गर्न सहयोग गर्नुभयो भने यसलाई साँच्चै नेपालको गहनाको रुपमा अझ विकास गर्न सकिन्छ ।

lcci
You might also like

Comments are closed.