काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रकालागि निष्काशित शेयरको बाँडफाँड सम्पन्न भएको छ ।
प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १०% अर्था .१० करोड) रकम बराबरको रु.१०० अंकित दरका १० लाख कित्ता साधारण शेयर मध्ये संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६ लाख र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४ लाख कित्ता साधारण शेयरहरुमंसिर २३ गतेदेखि मिति पुष १७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएकोमा पुष २६ गते शेयर बाँडफाँड गरिएको हो ।
उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा १,७७२ जना आवेदकबाट प्राप्त ६ लाख ९० हजार ९४० कित्ताको लागि प्राप्त आवेदन रितवुर्वक प्राप्त भएकोमा १० कित्ता देखि १,२०० कित्ता सम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५लाख २१ हजार ६२० कित्ता शेयर र १२०० कित्ता भन्दा बढी ९,५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२०० कित्ता शेयर गरी ७८ हजार कित्ता शेयर गर्दा जम्मा ५ लाख ९९ हजार ६२० कित्ता शेयर भएको र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
साथै प्रभावितमा २,०६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८ सय कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४ लाख कित्ता शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
Comments are closed.