राष्ट्रिय ¥याफ्टिङ प्रतियोगिताको उपाधी नेपाल ¥याफ्ट एण्ड कायक क्लव फिस्लिङ ए लाई

पोखरा, १० फागुन
नेपाल याफ्टिङ एण्ड क्यानोइङ एशोसियसनले आयोजना गरेको तेश्रो राष्ट्रिय ¥याफ्टिङ प्रतियोगिताको उपाधी नेपाल ¥याफ्ट एण्ड कायक क्लव फिस्लिङ एले हात पारेको छ ।
फेब्रुअरी १९ देखी २१ सम्म चितवनको फिस्लिङ स्थित त्रिशुली नदीमा सम्पन्न प्रतियोगितामा तीन वटै विद्या स्प्रीन्ट, स्लालम र डाउन रिभर रेसमा उत्कृष्ट प्रदर्शन सहित ¥याफ्टिङ प्रतियोगिताको उपाधी हात पारेको हो ।

प्रतियोगितामा ११ टीमलाई पछाडी पार्दै नेपाल कायक एण्ड र्याफ्ट क्लव फिस्लिङ एले उपाधी हात पारेको हो । प्रतियोगितामा नेपाल कायक एण्ड र्याफ्ट क्लव फिस्लिङ ए ले तीन विद्या मध्ये स्प्रीन्टमा निर्धारित दुइ किलोमिटर दुरी १ मिनेट ५६ सेकेन्डमा पार गर्न सफल भएको थियोभने स्लालममा निर्धारित दुरी २ मिनेट १५ सेकेण्डमा पार गर्न सफल भएको थियोभने १२ किलोमिटरको डाउन रिभर रेस ४५ मिनेट ३६ सेकेण्डमा पार गर्न सफल भएको थियो ।

प्रतियोगितामा प्याडल नेपाल बी टीमले दोश्रो स्थान हासिल गर्न सफल भयो । प्याडल नेपालले तीन विद्या मध्ये स्प्रीन्टमा निर्धारित दुई किलोमिटर दुरी १ मिनेट ५७ सेकेडमा पार गर्न सफल भएको थियोभने स्लालममा निर्धारित दुरी २ मिनेट १८ सेकेण्डमा पार गर्न सफल भएको थियोभने डाउनरिभर रेसमा ४७ मिनेट ९ सेकेण्डमा पार गर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल कायक क्लवले तेश्रो स्थान हासिल गर्न सफल भयो । नेपाल कायक क्लवले निर्धारित दुइ किलोमिटरको स्प्रीन्ट १ मिनेट ५९ सेकेण्डमा पार गर्न सफल भएको थियो भने स्लालम २ मिनेट  २१ सेकेण्डमा पार गर्न सफल भएको थिया ेभने डाउन रिभर रेस ४६ मिनेटमा पार गर्न सफल भएको थियो ।

त्यसैगरी सातौ राष्ट्रिय कायाकिङ सललम प्रतियोगिताको उपाधी बिक्रम गुरुङले हात पारे निर्धारित २ किलोमिटर दुरी ८४ सेकेण्ड ६९ मिलि सेकेण्डमा पार गर्दै गुरुङले प्रतियोगिताको उपाधी हात पारेका थिए । प्रतियोगितामा निर्धारित दुरी ८५ सेकेण्ड ९४ मिलिसेकेण्डमा पार गर्दै सुरजन तामाङले दोश्रो स्थान हासिल गरेभने ८७ सेकेण्ड २५ मिलिसेकेण्डमा निर्धारित दुरी पार गर्दै रमेश गुरुङले तेश्रो स्थान हासिल गरे । उक्त प्रतियोगितामा दुई महिला सहित २७ जना खेलाडीको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.