संविधानविद् डा. आचार्यसँग अन्तरक्रिया

तनहुँ, ११ फागुन
व्यास नगरपालिकाको आयोजनामा शनिवार संविधानविद् डा.भिमार्जुन आचार्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘वर्तमान संविधानमा स्थानीय तहका अधिकार र सिमाहरु’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै आचार्यले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लागी संविधानलाई पटक पटक परिवर्तन गर्न नहुने बताए ।

jutta mela

सोही अवसरमा आचार्यले स्थानीय तह नेपालको प्रमुख आवश्यकता भएको बताए । ‘सार्वजनिक सेवामा सरल र सहज रुपमा जनताको पहुँच पु¥याउन , शासन व्यवस्थामा जनताको पहुँच विस्तार गर्न र स्थानीय स्रोध साधनको न्यायोचित वितरणको लागी पनि नेपालमा संघीयता आवश्यक थियो’ उनले भने ।  लोकतन्त्र बलियो बनाउन स्थानीय तहको भुमिका महत्वपुर्ण हुने उनको भनाइ थियो । स्थानीय क्षेत्रको काम स्थानीय सरकारले गर्छ र केन्द्रिय स्तरका कार्यक्रमहरु संघीय सरकारले नै हेर्ने भएकाले नेपालमा प्रदेश सरकारको आवश्यकता नपरेको उनको भनाइ थियो । ‘प्रदेश सरकारले आर्थिक भार मात्र बढाउने हुदाँ यस बारेमा लामो छलफल र अध्ययन गरी निष्कर्षमा पुग्न आवश्यक थियो, हामीले हतार गयौँ ’उनले भने ।

कार्यक्रममा आचार्यले स्थानीय तहको आवश्यकता, राज्य संरचना र राज्यशक्तिको बाँडफाड, आर्थिक अधिकार, स्थानीय व्यवस्थापिका, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत गाँउपालिका र नगरपालिकाका काम, कर्तव्य र अधिकार, स्थानीय सरकारको न्यायिक अधिकार लगायतका विषयमा प्रस्तुती राखेका थिए ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कानुन व्यवसायी, प्राध्यापक र पत्रकारहरुको सहभागीता रहेको थियो । जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रादेवि पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यास नगरपालिकाका शाखा अधिकृत विमल गिरिले गरेका थिए ।

You might also like

Comments are closed.