काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।सिभिल लघुवित्तको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ११.५८ प्रतिशत लाभांश घोषणा गरेको हाे ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्म कायम हुन आउने चुक्ता पूजी २८ करोड ८१ लाख २४ हजार ४ सय ४१ रुपैया ६० पैसाको सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
Comments are closed.