पोखरा साधारण सभा ऐतिहासिक ः नेपाल पत्रकार महासंघ

पोखरा, ११ फागुन

नेपाल पत्रकार महासंघले पोखरा साधारण सभा तथा विधान अधिवेशन ऐतिहासिक रुपमा सफल भएको जनाएको छ । नेपाल पत्रकार महासंघले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी पोखरामा शनिबार सम्पन्न १४ औं साधारण सभा तथा विधान अधिवेशनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणाली, थप समावेशीलगायतका महत्वपूर्ण निर्णयसहित १८ बुँदे घोषणा पत्र जारी गर्न सफल भएकाले यो ऐतिहासिक रुपमा सफल भएको जनाएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणाली, समावेशीलगायतका निर्णय गर्ने १० वर्षदेखीको प्रयास पोखरामा भएको साधारण सभा तथा विधान अधिवेशनबाट सफल भएको भन्दै यो ऐतिहासिक सफलता भएको बताए । महासंघमा बिरलै हुने घट्ना मध्ये पोखरा साधारण सभा भएको बताउँदै उनले भने,‘दश वर्षदेखीको प्रयास पोखरामा आएर सफल भएको छ, यो ऐतिहासिक रुपमा सफल भयो ।’ उनले आफू निर्वाचित भएलगत्तै महासंघलार्य प्रत्यक्ष निर्वाचनमा लैजाने, थप समावेशी बनाउने, महासंघलाई ट्रेड युनियनको रुपमा लैजानेलगायतका बाचाहरु गरेको स्मरण गर्दै ति बाचा पोखरामा आएर पूरा गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे ।

jutta mela

अध्यक्ष आचार्यले महासंघको केन्द्र, प्रदेश र जिल्लामा एकै पटक निर्वाचन गर्ने निर्णयले पटक÷पटक निर्वाचन गर्नुपर्ने बाध्यता हटाएको बताए । उनले भने,‘सँधै निर्वाचन गरिराख्नु पर्ने र महासंघमा सँधै राजनीति गरिराख्नु पर्ने बाध्यता एकै पटक निर्वाचन गर्ने निर्णयले हटायो ।’ पोखरा साधारण सभाले महासंघलाई शुद्धीकरण गर्न मद्धत पुग्ने बताए । उनले भने,‘पत्रकारितामा निस्कृय रहेका, राजनीतिक दलको पूर्णकालिन सदस्य रहेका, विदेशमा रहेका पत्रकारलगायतका पत्रकारहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेकाले यसले महासंघलाई शुद्धीकरणमा पनि सघाउँछ ।’

अध्यक्ष आचार्यले पत्रकार महासंघको अबको निर्वाचन नीतिगत छलफलमा केन्द्रीत हुने बताए । पहिलेका महाधिवेशनहरु नीतिगत छलफलमा भन्दा नेतृत्व चयनमा केन्द्रीत हुन्थे, तर अब नीतिगत छलफलमा केन्द्रीत हुन्छन् ।’ उनले जिल्लाबाटै केन्द्र र प्रदेशको नेतृत्व चयनका लागि पनि मतदान गर्न पाइने भएकाले महाधिवेशनका लागि काठमाडौं वा कुनै ठाउँमा केन्द्रीत हुँदा हुने आर्थिक ब्ययपनि घटाउने उल्लेख गरे । उनले साधारण सभा सम्पन्न गर्न कास्की शाखाले गरेको व्यवस्थापन नमूना योग्य र सिक्न लायक भएको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले चुनावी राजनीति भन्दा पनि व्यवसायीक पत्रकारिता गर्ने वातावरण बनेको बताए । महासंघका महासचिव रमेश विष्टले महासंघको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने निर्णयले पार्षदको राजनीति समाप्त गरेको बताए । पोखरामा भएको ऐतिहासिक निर्णयले महासंघमा राजनीति कम हुने बताउँदै उनले भने,‘महासंघमा अब जोखिम पक्ष कम र अवसर पक्ष धेरै भयो ।’ उनले पोखरामा सम्पन्न साधारण सभाले दिएको मूल मर्म नमारिकन विधानमा लिपीबद्ध भएर आउँछ ।’ उनले ऐतिहासिक उपलब्धीलाई सहज रुपमा कार्यान्वयन गर्नुपर्नेमासमेत जोड दिए । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतिकले ६ वर्षअघी आफू कास्की अध्यक्ष भएका बेला विधान पास गर्नका लागि गरिएको प्रयास त्यतिबेला फेल भएपनि अहिले पोखरामै आएर पास गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्की शाखालाई योग्य ठानेर ऐतिहासिक साधारण सभा तथा विधान अधिवेशन गर्ने जिम्मेवारी दिने महासंघको केन्द्रीय नेतृत्व र सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, पोखरा महानगरपालिका, पत्रकार सम्बद्ध संघसंस्थाहरु, नेपाल पर्यटन वोर्ड, पोखरा पर्यटन परिषद, पश्चिमाञ्चल होटल संघ, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, गण्डकी धौलागिरी सार्वजनिक बस सञ्चालक समन्वय समितिलगायत सम्पूर्णलाई धन्यवाद तथा आभार व्यक्त गरे ।

You might also like

Comments are closed.